प्रदेशको महत्व बुझाउनै सकस

‘कर्मचारी संयन्त्रबाटै प्रदेशको सहि कार्यान्वायन भएन ’: कार्की( भिडियो सहित)

दमक/
मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न भनेर सरकारले मिति घोषणा गरेको छ । योसँगै अहिले राजनैतिक दलहरु जनमत आफुनो पक्षमा पार्न विभिन्न कार्यक्रम लिएर जनताको घर-घरमा पुगीरहेका छन् । आकाक्षी नेताहरु अहिले सामाजीक रुपमा अझ सकृय हुन थालेका छन् ।
आम नागरिकलाई पनि चुनाव लागेको छ । राजनैतिक दलले आयोजना गर्ने सभा -सम्मेलनमा उपस्थित बढिरहेकै छ । नागरिकमा पनि यो पटक चाहि योग्य र दक्ष उम्मेदवारलाई मतदान गर्ने योजनामा छन् ।

दलहरु बिचमा चुनावी तयारी र उम्मेदवार छनौटका बारेमा बहस र छलफल चलिरहदा नागरिक स्तरमा भने प्रदेशसभाको निर्वाचन बहिस्कार सम्मका अभियान चल्न थालीसकेका छन् ।

‘यो पटक म प्रदेश सभाको कुनैपनि उम्मेदवारलाई भोट हाल्दिन प्रदेश नै खारेज गरौ ’ भन्ने आसयका भावनाहरु अहिले सामाजीक सञ्जालमा छरपस्ट छन् ।
प्रदेश सरकारको काम देखिएन , प्रभावकारीरुपमा जनतासँग जोडिन सकेन, व्यभार मात्रै बढ्यो । दलले धेरै नेता उत्पादन गरे उत्पादीत नेताहरुलाई थन्काउने मात्रै थलो भनाइयो प्रदेश संरचना प्रदेश खारेज गरौ भन्ने भावना सामाजीक सञ्जालमा पोष्ट गर्नेहरुलाई सोध्यो भने आउने यो साझा जवाफ हो ।

जनतामा प्रदेश संरचनाकै उदासिनता बढ्दै जानुमा प्रदेशका मन्त्रालयमा र निकायमा आउने कर्मचारीका कारण यस्तो देखिएको प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कुमार कार्कीले बताउनु भयो ।

झापाको दमकमा पत्रकारसँग संवाद गर्दै कार्कीले भन्नु भयो ‘भन्नलाई प्रदेशका कर्मचारी भनिने तर काम लगाउने र निदेर्शन दिने चाहि संघकै निकाय । यसरी हामीले गर्ने कतिपय महत्वपूणर् निणर्यहरुलाई सहित तरिकाले कार्यान्वायनमा कर्मचारीले लगीदिदैनन् ।’ कार्की भन्नु हुन्छ सामान्य निणर्यलाई सचिवज्यूहरुले सहजै लिएर जानु हुन्छ अलीक महत्वपूणर् भयो भने केन्द्रको निर्देशन पर्खनु हुन्छ । यसरी हामीले प्रदेश सरकारको अनुभुती हुने गरिका योजना बनाएर निणर्य गरेपनि कर्मचारी संयन्त्रले यसको सहि कार्यान्वायन गर्न अघी नबढाउँदा नागरिकमा भ्रम थुप्रीएको छ ।’

मन्त्री कार्कीले अहिले पनि प्रदेश सरकारले धेरै महत्वपूणर् काम गरेको बताउनु भयो । विषेश गरि भौतीक पूर्वाधार निर्माण, सामुदायीक विद्यालयको स्तर उन्नती र पर्याप्त श्रोत सामाग्रीको उपलब्धता, जिल्ला स्थित अस्पतालमा विषेशज्ञ सहितका उपकरणहरुको प्रबन्ध तथा किसान लक्षीत विभिन्न कार्यक्रमहरु प्रदेश सरकार भएकै कारण आएका कार्कीले बताउनु भयो ।

प्रदेश संरचना नेपालको परिवेशमा पहिलो कार्याकाल हो । पहिलो कार्यकालमै यो संरचनानै गलत भयो असफल भयो भनेर भन्न नमिल्ने उहाँको तर्क छ ।

प्रस्तुत छ कार्कीले दमकका पत्रकारसँग प्रदेश , प्रदेश १ को अवस्था र अन्य समसामयीक विषयमा राख्नु भएका कुराहरुको भिडियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा