राजनितीमा बढ्दै गएको बैमानीलाई पखाल्ने सपना

सादगी नेता भट्टराई ‘मलाई एक पटक संसदमा प्रतितित्व गर्न मन छ ’ (भिडियो अन्तर्वार्ता)

दमक/
शेर बहादुर भट्टराई दमकमा एक सु परिचित नाम हो । उमेरले आराम गरेर आफ्ना छोरा नातीको कमाई खाँदै बस्ने उमेरमा पनि उहाँ सामाजीक तथा राजनैतिक रुपमा सकृय भएर लागी रहनु भएको छ । २००७ सालमा तेह्रथुमको मेँन्छेह्यम गाउँपालिकामा जन्मनु भएका भट्टराईको बाल्यवस्था गाउँमै बित्यो ।
२०२७ सालमा उहाँको परिवार झापा झर्यो । शिक्षण पेषामा आवद्ध हुनु भएका भट्टराई २०३६ सालको जनमत संग्रह पछि बिस्तारै राजनीतिक तर्फ चासो बढाउन थाल्नु भयो । त्यसबेला भएको निर्दल वा बहुलल भन्नेमा जनमत संग्रह गरिएको थियो । त्यसबेला आफु बहुदलको पक्षमा उभीए देखि राजनैतिक यात्रा सुरु गरेको उहाँले स्मरण गर्नु भयो ।

उज्यालो खवरको कार्यालयमै आएर उहाँले २०३९ सालमा आफु नेपाली काग्रेस पार्टिमा समर्थन गरेर अघी बढेको बताउँनु भयो । त्यसको एक डेढ वर्ष पछि उहाँलाई पार्टिले सकृय सदस्य बनायो ।

त्यसलगत्तै भएको स्थानिय निकायको चुनावमा उहाँलाई पार्टिले विस्वास गरेर वडाध्यक्षको उमम्ेदवार बनायो । अत्याधिक मतका साथ उहाँले बिजयी हाँसिल गर्नु भयो । त्यस ताकानै आफुले दमकको साविक वडा नं १० मा सरकारी विद्यालय स्थापना गर्न अहम भूमिका निर्वाह गरेको उहा बताउनु हुन्छ । ‘त्यसबेला जग्गादाता खोजेर यहाँ एउटा विद्यालय आवश्यक पर्छ भन्ने सोचलाई स्थापीत गराएर अहिलेको दिपिनी आधारभूत विद्यालय स्थापना गरेका हौ ।’भट्टराईले बताउनु भयो ।

तत्कालीन दोस्रो जन आन्दोलनको बेला आफु यो क्षेत्रको सह-कमाण्डर भएर आन्दोलनको नेतृत्व गरेको स्मण गर्दै उहाँ भन्नु हुन्छ ‘अहिलेको राज्य व्यवस्था र अवस्था परिवर्तन गर्न आफुलेपनि महत्वपूणर् योगदान पुर्याएको छु । ’

दमकका हरेक सामाजीक काममा आफुलाई सकृय बनाएर आफ्ना गतिविधि उहाँले अघी बढाइरहनु भएको छ । आफुले नेतृत्व गरेका हरेक कामले सफलता पाएको दावि गर्नुहुने भट्टराई आसन्न आम निर्वाचनमा आफुलाई पार्टिले प्रदेश सांसदका टिकट दिनु पर्ने दावी गर्नु हुन्छ ।

अहिले सम्मका हरेक काम इमान्दार पूर्वक सम्पन्न गरेको, विना विवाद कामले पूणर्ता पाएको र सफल नेतृत्व गर्दै आएकोले मलाई एक पटक संसददिय व्यवस्थामा सहभागी भएर संसदमा जनाताको आवाज बोल्न मन छ ।’उज्यालो खवरसँग कुराकानी गर्दै भट्टराई भन्नु हुन्छ यो क्षेत्रमा केहि न केहि नमुना र नयाँ काम दिएर जान मन छ त्यसैले मलाई यो पटक प्रदेश सांसदको टिकट दिइयोस ’

भट्टराईले झापा क्षेत्र न ५ (ख)का लागि आफ्नो उम्मेदवारी हुनु पर्ने बताउँदै आउनु भएको छ ।

 

उहाँको राजनैतिक संघर्ष र आसन्न निर्वाचनमा उहाँले व्यक्त गरेको आकक्षाका बारेमा गरिएको संक्षीप्त कुराकानी यहाँ हेरौ ।-

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा