पुरीका फुर्तिला कुरा

आम निर्वाचन २०७९ : गगन पुरीको आकक्षा सघं कि प्रदेशमा , झापा ५(ख) माओवादीकै भागमा पर्ने दाबी (भिडियो कुराकानी सहित)

दमक/
२०५२ सालमा मसाल पार्टिबाट राजनिती सुरु गर्नु भएका रेवतराज पुरी(गगन) अहिले माओवादी केन्द्रको प्रदेश कमिटीको कोषाध्यक्ष बन्नु भएको छ । पार्टि टुट र फुट हुँदै जहाँ जहाँ पुगेपनि उहाँले माओवादीमा लागेदेखी प्रचण्ड पथ छोड्नु भएन ।

उहाँलाई पूर्वका नेता तथा कार्यकताले प्रचण्डसँग सिधा सम्पर्क गर्न सक्ने र प्रचण्ड मार्फत काम गराउन सक्ने ब्यक्तिका रुपमा पनि चिन्ने गर्छन ।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा उहाँ दमक नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्नु भएको थियो । त्यसबेला माओवादी केन्द्रको कमजोर सांगठनीक धरातल भएका कारण आफु निर्वाचनमा पराजित भएको उहाँको बुझाई छ । प्राप्त मतपनि माओवादीको उम्मेदवार भन्दा पनि आफ्नो ‘पपुलारिटी’ले गर्दा आएको हो भन्ने पुरीको अहिले पनि दावी छ ।

भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि उहाँले दमकका प्रमुख पदमा उम्मेदवार बन्ने आकक्षा व्यक्त गर्नु भएको थियो । तर केन्द्रमा सत्तारुड गठबन्धनलाई नै निरन्तर्ता दिने निणर्य भएपछि आफ्नो आकक्षा के हुने भन्ने कुरामा उहाँ अन्यौल हुनु भयो । अन्तिम समय सम्म पनि उहाँले गठबन्धन दलभित्रै पनि आफुलाई नगर प्रमुखको उम्मेदवार बनाउनु पर्ने भन्दै अडान कायमै राख्नु भयो ।

तर दमकमा राप्रपासँग साठगाठ गर्न सकिएन भने केन्द्रमा भएका गठबन्धनको दलहरुले मात्रै नेकपा एमालेलाई पराजित गर्न नसक्ने ठहर गठबन्धन दलभित्रै छलफल भयो । त्यसमा राप्रपालाई नगर प्रमुखको उम्मेदवार बनाउने निष्कर्ष निस्किएपछि उहाँ प्रमुख पदको आकक्षामाबाट पछि हट्नु भयो ।

स्थानिय तहको निर्वाचनमा सिट बाडफाँड गर्दै गर्दा आगामी निर्वाचनमा कहाँ कुन पार्टिले उम्मेदवार दिने भन्ने बारेमा पनि सहमती गरेको उहाँले बताउनु भयो ।
उज्यालो खवरको कार्यालयमै आएर पुरीले भन्नु भयो ‘स्थानिय तहको निर्वाचनको बेलामा नै गठबन्धनमा रहेका दल र साठगाठ गर्न आएको दल राप्रपा विचमा एक प्रकारको सहमती भएको छ । केन्द्रको निणर्यले संघिय निर्वाचनमा यहाँ (झापा क्षेत्र न ५) कुन पार्टिको भाग पर्छ त्यसमा सहमती गरेर जाने तर प्रदेशको ख मा चाहि माओवादिलाई नै दिने भद्र सहमती भएको छ ।’

तर अहिले त्यो सहमती भन्दा बाहिर गएर गठबन्धदन दलका नेताहरुले पनि आफ्नो दावी र आकक्षा देखाइरहनु भएको छ नी भन्ने उज्यालोको प्रश्नमा पुरी भन्नु हुन्छ ‘आकक्षा राख्नु नौलो कुरा हैन तर भद्र सहमतीमा झापाको क्षेत्र नं ५(ख) माओवादीलाई नै दिने भन्ने भएको छ । यो कुरामा कुनै विवाद र दुविधा छैन ढुक्क हुनुहोस ।’

माओवादीलाई दिने सहमती बमोजिम आफुले यो क्षेत्रमा प्रदेश सांसदकालागि आकक्षा व्यक्त गरेको बताउँने पुरी गठबन्धनको निणर्यले संघिय निर्वाचनमा माओवादीलाई दिने भन्ने निणर्य गरेपनि संघियमा पनि आफु उठ्न तयार रहेको बताउनु भयो । त्यसो हुँदानै पनि पार्टिले प्रदेशको ख क्षेत्र नछोड्ने पुरीको भनाई छ । तर गठबन्धनले सघंको उम्मेदवार नेपाली कांग्रेसलाई बनायो भने माओवादी झापा क्षेत्र नं ५ को दुईवटै प्रदेशमा आफ्ना उम्मेदवारलाई अघी सारेर चुनावमा हामीने उहाँको दावी छ ।

प्रस्तुत छ पुरीसँग उज्यालो खवरले गरेको कुराकानीको भिडियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा