पुजा सामाग्रीमा आत्मनिर्भर बनाउने फर्मको लक्ष

पुजा सामाग्री बनाउने फर्ममा अचानक कृषि मन्त्री दर्लामी ‘नमुना काम रहेछ प्रवर्धनमा सहयोग गर्छु’

दमक/
प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामीले झापाको कमल गाँउपालिका वडा नं. ६ मा रहेको पुजा सामाग्रि उत्पादन गर्ने कृषि फर्मको अवलोकन गर्नु भएको छ ।

उहाँले यसलाई प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउदै नमुना काम रहेको पाएको बताउनु भएको छ । ‘यहाँहरुले गरेको काम फरक र नुमना छ गर्न सक्ने सम्मको सहयोग गर्नेछु ।’ मन्त्री दर्लामीले भन्नुभयो ।

दिब्य दृष्टि भनेरेसन एण्ड एग्रो कन्सर्न प्रा.लि.को पुजा सामाग्रि उत्पादन स्थलमा बुधबार मन्त्रि मगर पुग्नु भएको हो । पुजा सामाग्रिहरुमा अधिकाँश कृषि उत्पादनहरुको प्रयोग हुँदो रहेछ र यो फरक किसिमको काम देखेर खुशि लाग्यो, उहाँले बताउनु भयो ।

पुजा सामाग्रिको रुपमा प्रयोग हुने तील, जौ लगायतका सामाग्रिहरु उत्पादनको बिषयमा पनि मन्त्री दर्लाले चासो राख्नु भएको थियो । यहाँका किसानहरुलाई जोडेर कृषि सम्बन्धीका योजना बनाउन पनि फर्म सञ्चालकहरुलाई उहाँले अनुरोध गर्नु भएको छ ।

पुजा सामाग्रिमा शुरुवातमा पुर्वी नेपाल र मुलकलाई नै आत्मनिर्भर बनाउने उदेश्यले नव ग्रह समिधा, जटिबुटिजन्य हवन सामाग्रि, नेपालको पहिलो उत्पादन परिमल, गोमुत्र, गंगाजल, सप्तधान्य, मह, बाटेको धुप लगायतका सामाग्रिहरु यहाँ उत्पादन तथा प्रशोधन र प्याकेजिङ हुँदै आएको छ ।

फर्मका सञ्चालक यज्ञ प्रसाद आचार्य र विष्णुप्रसाद पोखरेलले फर्मको बिषयमा जानकारी गराउदै प्रत्यक्ष र अप्रत्यक्ष गरेर ५० भन्दा बढिले रोजगार पाइरहेको जानकारी गराउनु भएको थियो । गो मुत्र प्रशोधन केन्द्र स्थापना गर्ने उदेश्य अनुरुप काम भइरहेको समेत सो अवसरमा फर्मका सञ्चालकहरुले जानकारी गराउदै यसमा सहयोग गर्नका लागि आग्रह गरेका थिए ।

पुजा सामाग्रिको रुपमा प्रयोग हुने घर आँगनमा पाईने दुबो, कुश, अपमार्ग जस्ता सामाग्रि समेतमा भारतमा आत्मनिर्भर हुनु पर्ने अवस्था रहेको भन्दै नेपाल भर आफ्ना उत्पादन पुर्याउन सहयोग गर्न प्रदेश सरकारसंग माग गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट