नागरिकता बिहिनको पीडा

डाँडापारीको घाम भएकी यी आमा सरकारले दिने भत्ताबाटै बन्चीत, घरमा खाने अन्नको गेडो समेत नभएको गुनासो

शिवगञ्ज /
झापाको शिवसताक्षी नगरपालिका वडा नं ५ र ६ को बिचभागमा पर्ने जिलविया चोकमा ८० वर्षिया गुलावदेवि कुर्मीको घर छ । उमेरले ८० वर्ष पुग्नु भएकी कुर्मीको घर माटोले बनाइएको छ । केहि थोत्रा टिन र टिनमाथीबाट प्लाष्टिक लगाएर छानो छाइएको छ । उहाँको साथमा कोहि छैन । दुख बिराम भयो भने तातोपानी तताएर दिने समेत छैनन् उहाँलाई ।

उहाँका दुई जना छोरा र एउटि छोरी पनि छन् । यी मध्ये एक जना छोराको मृत्यू भइसक्यो । एक जना छोरा विर्तामोडमा बिना काम माग्दै खादै बसिरहेका छन् । छोरीले पनि आमाको जस्तै दुख र कष्टकर जीवन बिताइरहनु भएको छ । आमा कुर्मी अहिले बिरामी हुँदा मात्रै होईन बिहान बेलुकाको छाक पनि गाउँलेसँग मागरेनै बाँचीरहनु भएको छ ।

‘नागरिकता पनि बनेको छैन हजुर नागरिकता भए त सरकारले भत्ता दिन्थ्यो त्यसले मलाई खान पुग्थ्यो नि ।’ कुर्मीले उज्यालो खवरसँग आफ्ना पीडा सुनाउनु भयो । उहाँका श्रीमान लखन सिहं कुर्मीले सरकाले दिएको सामाजीक सुरक्षा भत्ता प्राप्त गर्नु हुन्थ्यो । श्रीमान हुँदा सम्म त्यसैले खान पुग्ने गरेको बताउँने कुर्मी आफुले त्यो पनि नपाउँदा कसरी खानु र बाँच्नु जस्तै भएको छ भन्दै आफ्ना पीडा सनाउनु हुन्छ ।

श्रीमान लखन सिहंले २०७३ साल बैशाख १४ गतेदखेखी लागुहुने गरि भत्ता लिएको अभिलेख छ । उहाँलाई तत्कालीन वडा सचिव पुष्पलाल पाण्डेले सहि छाप गरेर सामाजीक सुरक्षा परिचचय पत्र बनाइदिइएको छ । २०७५ सालमा मृत्यू भएपछि उहाँको सो परिचयपत्र बन्द गरिएको छ ।

२०६३ सालमा निर्वाचन आयोगले मतदाता नामावाली सार्वजनिक गर्ने क्रममा श्रीमान र श्रीमती दुवैको नाम पनि समेटेको थियो । त्यहि मतदाता परिचयपत्रको आधारमा श्रीमानले सामाजीक सुरक्षा भत्ताको परिचयपत्र प्राप्त गर्नु भयो र भत्ताको सविधा लिन थाल्नु भएको थियो । तर श्रीमती कुर्मी त्यसबेला छुट्नु भयो । त्योबेला छुट्नु भएकी कुर्मीले अहिले सम्म पनि न सामाजीक सुरक्षाको परिचयपत्र बनाउन सक्नु भएको छ न त नागरिकता नै ।

उहाँहरु भारतबाट झापा आएको वर्षौ भयो । यही आएर छोरा जन्मिए । नाती नातिना हुर्कीए । सरकारले अहिले सम्म पनि यस्ता नागरिकलाई नागरिकता दिएको छैन । संसदमा नागरिकता विधेयक पास भएर राष्ट्रपतिले प्रमाणीकरण नगरिदिएका कारण कुर्मी जस्ताहरुले पनि नागरिकता पाइरहेका छैनन ।

डाडापारीको घाम हुनु भएकी कुर्मीको एउटै धोको छ जीन्दगीको अन्तिम सास रहे सम्म भएपनि नेपालको नागरिक बनेर एक पटक भएपनि सरकारी भत्ता लिने ।

अली ठुलो पानी पर्यो भने घरको चुल्हो , ओछ्यान सबै भिज्छ । हुण्डरी चल्यो भने छानो नै उडाएर लैजान सक्छ । भएको यो घर पनि सरकारी जमिन हो । ‘न आफ्नो नाममा एक चिम्टी माटो छ न आफु मर्ने बेलामा पनि नेपाली भएर मर्न पाउने भए ’ कुर्मीले गहभरी आशु पादै भन्नु भयो ‘मलाई त अहिले खान दिने जो भएपनि भगवान यी नै रहेछन् भन्ने लाग्छ ’ ।

बिहान बेलुकाको छाक टार्नै मुस्किल भएको बताउने यी कुर्मीले कोहिबाट खाद्यन्न तथा अन्य आर्थीक सहायताको पनि अपेक्षा गर्नु भएको छ ।

उहाँसग उज्यालो खवरले गरेको कुराकानी र उहाँको घरको स्थलगत भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ