नागरिकता बिहिनको पीडा

डाँडापारीको घाम भएकी यी आमा सरकारले दिने भत्ताबाटै बन्चीत, घरमा खाने अन्नको गेडो समेत नभएको गुनासो

IMG_20220903_095503

शिवगञ्ज /
झापाको शिवसताक्षी नगरपालिका वडा नं ५ र ६ को बिचभागमा पर्ने जिलविया चोकमा ८० वर्षिया गुलावदेवि कुर्मीको घर छ । उमेरले ८० वर्ष पुग्नु भएकी कुर्मीको घर माटोले बनाइएको छ । केहि थोत्रा टिन र टिनमाथीबाट प्लाष्टिक लगाएर छानो छाइएको छ । उहाँको साथमा कोहि छैन । दुख बिराम भयो भने तातोपानी तताएर दिने समेत छैनन् उहाँलाई ।

उहाँका दुई जना छोरा र एउटि छोरी पनि छन् । यी मध्ये एक जना छोराको मृत्यू भइसक्यो । एक जना छोरा विर्तामोडमा बिना काम माग्दै खादै बसिरहेका छन् । छोरीले पनि आमाको जस्तै दुख र कष्टकर जीवन बिताइरहनु भएको छ । आमा कुर्मी अहिले बिरामी हुँदा मात्रै होईन बिहान बेलुकाको छाक पनि गाउँलेसँग मागरेनै बाँचीरहनु भएको छ ।

‘नागरिकता पनि बनेको छैन हजुर नागरिकता भए त सरकारले भत्ता दिन्थ्यो त्यसले मलाई खान पुग्थ्यो नि ।’ कुर्मीले उज्यालो खवरसँग आफ्ना पीडा सुनाउनु भयो । उहाँका श्रीमान लखन सिहं कुर्मीले सरकाले दिएको सामाजीक सुरक्षा भत्ता प्राप्त गर्नु हुन्थ्यो । श्रीमान हुँदा सम्म त्यसैले खान पुग्ने गरेको बताउँने कुर्मी आफुले त्यो पनि नपाउँदा कसरी खानु र बाँच्नु जस्तै भएको छ भन्दै आफ्ना पीडा सनाउनु हुन्छ ।

श्रीमान लखन सिहंले २०७३ साल बैशाख १४ गतेदखेखी लागुहुने गरि भत्ता लिएको अभिलेख छ । उहाँलाई तत्कालीन वडा सचिव पुष्पलाल पाण्डेले सहि छाप गरेर सामाजीक सुरक्षा परिचचय पत्र बनाइदिइएको छ । २०७५ सालमा मृत्यू भएपछि उहाँको सो परिचयपत्र बन्द गरिएको छ ।

२०६३ सालमा निर्वाचन आयोगले मतदाता नामावाली सार्वजनिक गर्ने क्रममा श्रीमान र श्रीमती दुवैको नाम पनि समेटेको थियो । त्यहि मतदाता परिचयपत्रको आधारमा श्रीमानले सामाजीक सुरक्षा भत्ताको परिचयपत्र प्राप्त गर्नु भयो र भत्ताको सविधा लिन थाल्नु भएको थियो । तर श्रीमती कुर्मी त्यसबेला छुट्नु भयो । त्योबेला छुट्नु भएकी कुर्मीले अहिले सम्म पनि न सामाजीक सुरक्षाको परिचयपत्र बनाउन सक्नु भएको छ न त नागरिकता नै ।

उहाँहरु भारतबाट झापा आएको वर्षौ भयो । यही आएर छोरा जन्मिए । नाती नातिना हुर्कीए । सरकारले अहिले सम्म पनि यस्ता नागरिकलाई नागरिकता दिएको छैन । संसदमा नागरिकता विधेयक पास भएर राष्ट्रपतिले प्रमाणीकरण नगरिदिएका कारण कुर्मी जस्ताहरुले पनि नागरिकता पाइरहेका छैनन ।

डाडापारीको घाम हुनु भएकी कुर्मीको एउटै धोको छ जीन्दगीको अन्तिम सास रहे सम्म भएपनि नेपालको नागरिक बनेर एक पटक भएपनि सरकारी भत्ता लिने ।

अली ठुलो पानी पर्यो भने घरको चुल्हो , ओछ्यान सबै भिज्छ । हुण्डरी चल्यो भने छानो नै उडाएर लैजान सक्छ । भएको यो घर पनि सरकारी जमिन हो । ‘न आफ्नो नाममा एक चिम्टी माटो छ न आफु मर्ने बेलामा पनि नेपाली भएर मर्न पाउने भए ’ कुर्मीले गहभरी आशु पादै भन्नु भयो ‘मलाई त अहिले खान दिने जो भएपनि भगवान यी नै रहेछन् भन्ने लाग्छ ’ ।

बिहान बेलुकाको छाक टार्नै मुस्किल भएको बताउने यी कुर्मीले कोहिबाट खाद्यन्न तथा अन्य आर्थीक सहायताको पनि अपेक्षा गर्नु भएको छ ।

उहाँसग उज्यालो खवरले गरेको कुराकानी र उहाँको घरको स्थलगत भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन