दमक/
झापाको क्षेत्र नं ४ का निवर्तमान सांसद एल पि सावाले आगामी निर्वाचनकालागि पूःन उम्मेदवारी दिनु भएको छ । सुखी नेपाली समृद्ध नेपाल अभियानलाई पुरा गर्न आफुले झापा ४ मा पनि जग बसाएको बताउने सावा यो पटक त्यसलाई पूणर्ता दिन आफुले पूःन उम्मेदवारी दिएको बताउनु हुन्छ ।
उज्यालो खवरसँग कुराकानी गर्दै सावाले झापा ४ को मुख्य गरि दक्षिण तर्फका नागरिकको जीवन स्तर उकास्ने कामको सुरुवात भएको र यसलाई थप प्रभावकारी रुपमा सम्पन्न गर्न आवश्यक रहेको बताउनु भयो ।
यो क्षेत्रमा पूर्वाधारको क्षेत्रमा मुख्य सडकहरुको निर्माण गर्न थालनी भइसकेको र कतिपय सम्पन्न भइसकेको उल्लेख गर्दै सावा भन्नु हुन्छ ‘ कहाँ कस्तो सडक आवश्यक पर्छ, कहाँ कुन पुल बनाउने हो त्यो सबै आवश्यकताको महसुस मैले गरेको छु । त्यसकालागि ५ वर्षको अवधिमा केहि थालनी भएका छन् । केहिले पूणर्ता पाएका छन् । केहि टेण्डरको प्रकृयामा छन् । थालनी भएका र टेण्डर आह्वान भएकाहरुलाई परा गराउन यो क्षेत्रमा पहुँच राख्ने र विकास बुझेको उम्मेदवार म हुँ भन्ने मेरो दावी छ र मनै ती काम पुरा गर्छु ।’सावाले कुराकानीका क्रममा बताउनु भयो ।
यो क्षेत्रका नदिमा तटबन्धन निर्माण गर्नु पर्ने छ । समयमा नदि नियन्त्रण हुन नसक्दा लाखौको जमिनमा खोलो कुदीरहेको छ । कयौको ज्यान जाने गरेको त कतिको बस्तिनै उठीबास लागेका छन् । यी समस्यालाई समाधान गर्न तत्काल आवश्यकताका आधारमा नदि नियन्त्रण गर्ने कामको सुरुवात भएको सावाले उल्लेख गर्नु भयो । अरु ५ वर्षमा जोखिमका आधारमा नदि नियन्त्रण गर्ने काम आफ्नो प्रमुख एजेण्डा बन्ने र निती बनाएर झापाका नदि नियन्त्रण गर्न आफु प्रतिवद्ध रहेको उहाँले सुनाउनु भयो ।
कृषि क्षेत्रलाई व्यवसायीक बनाउन यो क्षेत्रमा सहकारीसँग सहकार्य गरेर कामहरु अघी बढेको बताउँदै उहाँले यसलाई थप व्यवस्थित गर्न कृषिका नयाँ योजना र किसान लक्षित कार्यक्रम बनाइने बताउनु भयो ।
सिचाई तथा खानेपानीको समस्या झेलाका किसान तथा सर्वसाधरणकालागि सरकारका विभिन्न निकाय मार्फत कामको सुरुवात गराएको उहाँको भनाई छ । ‘खानेपानीकालागि पानी ट्याकीहरु निरन्तर बनि रहेका छन् । कतिपय ठाउँमा पाईप बिच्छाउने कामको सुरुवात भएको छ । ती पाईप मार्फत घर घरमा पानी पुर्याउनकालागि मैले योजना बनाएर काम गराइरहेको छु ’ । सावाले खानेपानीका बारेमा बताउनु भयो ।
यस्तै सिचाईकालागि कन्काई सिचाई आयोजना मार्फत यो क्षेत्रको कतिपय ठाउँमा निरन्तर सिचाई भइरहेको छ । नयाँ पैनी निर्माण गरेर आवश्यकताका आधारमा सिचाईको सुविधा पुर्याइने छ । डिप बोरिङ तथा अन्य विधि बाट पनि यो क्षेत्रको जमिनलाई सिञ्चित गर्ने कामलाई निरन्तर्ता दिइने छ । ’उज्यालो खवरको कुराकानीका क्रममा उहाँले बताउनु भयो ।
प्रस्तुत छ सावासँग उज्यालो खवरले गरेको निर्वाचन लक्षित कुराकानीको भिडियो