उम्मेदवारका कुरा

‘मैले झापा ४ मा विकासको जग बसाएको छु त्यसलाई परा गर्न मेरो पूःन उम्मेदवारीः एल पि सावा (भिडियो सहितको कुराकानी)

दमक/
झापाको क्षेत्र नं ४ का निवर्तमान सांसद एल पि सावाले आगामी निर्वाचनकालागि पूःन उम्मेदवारी दिनु भएको छ । सुखी नेपाली समृद्ध नेपाल अभियानलाई पुरा गर्न आफुले झापा ४ मा पनि जग बसाएको बताउने सावा यो पटक त्यसलाई पूणर्ता दिन आफुले पूःन उम्मेदवारी दिएको बताउनु हुन्छ ।
उज्यालो खवरसँग कुराकानी गर्दै सावाले झापा ४ को मुख्य गरि दक्षिण तर्फका नागरिकको जीवन स्तर उकास्ने कामको सुरुवात भएको र यसलाई थप प्रभावकारी रुपमा सम्पन्न गर्न आवश्यक रहेको बताउनु भयो ।

यो क्षेत्रमा पूर्वाधारको क्षेत्रमा मुख्य सडकहरुको निर्माण गर्न थालनी भइसकेको र कतिपय सम्पन्न भइसकेको उल्लेख गर्दै सावा भन्नु हुन्छ ‘ कहाँ कस्तो सडक आवश्यक पर्छ, कहाँ कुन पुल बनाउने हो त्यो सबै आवश्यकताको महसुस मैले गरेको छु । त्यसकालागि ५ वर्षको अवधिमा केहि थालनी भएका छन् । केहिले पूणर्ता पाएका छन् । केहि टेण्डरको प्रकृयामा छन् । थालनी भएका र टेण्डर आह्वान भएकाहरुलाई परा गराउन यो क्षेत्रमा पहुँच राख्ने र विकास बुझेको उम्मेदवार म हुँ भन्ने मेरो दावी छ र मनै ती काम पुरा गर्छु ।’सावाले कुराकानीका क्रममा बताउनु भयो ।

यो क्षेत्रका नदिमा तटबन्धन निर्माण गर्नु पर्ने छ । समयमा नदि नियन्त्रण हुन नसक्दा लाखौको जमिनमा खोलो कुदीरहेको छ । कयौको ज्यान जाने गरेको त कतिको बस्तिनै उठीबास लागेका छन् । यी समस्यालाई समाधान गर्न तत्काल आवश्यकताका आधारमा नदि नियन्त्रण गर्ने कामको सुरुवात भएको सावाले उल्लेख गर्नु भयो । अरु ५ वर्षमा जोखिमका आधारमा नदि नियन्त्रण गर्ने काम आफ्नो प्रमुख एजेण्डा बन्ने र निती बनाएर झापाका नदि नियन्त्रण गर्न आफु प्रतिवद्ध रहेको उहाँले सुनाउनु भयो ।

कृषि क्षेत्रलाई व्यवसायीक बनाउन यो क्षेत्रमा सहकारीसँग सहकार्य गरेर कामहरु अघी बढेको बताउँदै उहाँले यसलाई थप व्यवस्थित गर्न कृषिका नयाँ योजना र किसान लक्षित कार्यक्रम बनाइने बताउनु भयो ।

सिचाई तथा खानेपानीको समस्या झेलाका किसान तथा सर्वसाधरणकालागि सरकारका विभिन्न निकाय मार्फत कामको सुरुवात गराएको उहाँको भनाई छ । ‘खानेपानीकालागि पानी ट्याकीहरु निरन्तर बनि रहेका छन् । कतिपय ठाउँमा पाईप बिच्छाउने कामको सुरुवात भएको छ । ती पाईप मार्फत घर घरमा पानी पुर्याउनकालागि मैले योजना बनाएर काम गराइरहेको छु ’ । सावाले खानेपानीका बारेमा बताउनु भयो ।

यस्तै सिचाईकालागि कन्काई सिचाई आयोजना मार्फत यो क्षेत्रको कतिपय ठाउँमा निरन्तर सिचाई भइरहेको छ । नयाँ पैनी निर्माण गरेर आवश्यकताका आधारमा सिचाईको सुविधा पुर्याइने छ । डिप बोरिङ तथा अन्य विधि बाट पनि यो क्षेत्रको जमिनलाई सिञ्चित गर्ने कामलाई निरन्तर्ता दिइने छ । ’उज्यालो खवरको कुराकानीका क्रममा उहाँले बताउनु भयो ।

प्रस्तुत छ सावासँग उज्यालो खवरले गरेको निर्वाचन लक्षित कुराकानीको भिडियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा