दमक/
झापाको निर्वचन क्षेत्र नं ३ कृषियोग्य जमिन भएको क्षेत्र हो । यहाँ धानको सुपरोजन छ । तथा अन्य बालीमा पनि बिभिन्न पकेट क्षेत्र निर्धारण गरिएको छ । पशु पालनमा पनि अब्बल छ यो क्षेत्र ।बाख्रा, खसी, गाई तथा बंगुर पालेरै पनि मनग्गे कमाई गर्नेको जमात यो क्षेत्रमा छ । तर यसलाई सरकारले सहज साथ र समर्थन गर्ने हो भने यो क्षेत्र कृषिको क्षेत्रमा एउटा हव बन्ने परिकल्पना योगन्द्र खनालले गर्नु भएको छ । यो परिकल्पनालाई पुरा गर्न उहाँले व्यक्तिगत प्रयासबाट मात्रै सम्भव नहुने देखेपछि सरकारी कार्यक्रम पार्न र आफ्नो भूमिकालाई थप शशक्त बनाउन सांसद बन्ने दौडमा हुनुहन्छ ।
आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा उहाँ यही क्षेत्रबाट निर्वाचन लड्दै हुनुहुन्छ । प्रतिनिधीसभा तर्फका लागि खनाले हाम्रो नेपाली पार्टिको चुनाव चिन्ह लौरो मार्फत चुनावमा मत माग्दै घर दैलो गरि रहनु भएको छ ।
‘यो क्षेत्रका अधिकांस नागरिक कृषि पेषामा आवद्ध छन् । यहाँको भूमि उर्वर छ । यसलाई उत्पादनमा जोडेर विदेश जाने यूवालाई आफ्नै माटोमा काम गर्ने वातावरण मिलाउन आफुले उम्मेलवारी दिएको हु ।’उहाँले उज्यालो खवरको कार्यालयमै आएर आफ्नो उम्मेदवारी बारेमा स्पष्ट पार्नु भयो ।
झापा निर्वाचन क्षेत्र नं ३ मा किसानलाई व्यवसायी बनाउन सकियो भने आफ्ना् घर अगाडीको सडक आफै पुर्न सक्छन् कुनै नेताको प्रतिक्षा गरिरहनु पर्दैन भन्ने मान्यता उहाँले अघी सानु भएको छ ।
सानो भन्दा सानो काम गर्न पनि नेता तथा कुनै दलको पर निर्भर बन्नु हुँदैन आफै गर्न सक्नु पर्छ र त्यो क्षमताको विकास गराउननै आफु चुनावमा होमिएको खनालको भनाई छ ।
खनालले अहिलेको परनिर्भताको विकल्प भएर आफु प्रस्तुत हुन खोजेको र यसबाटनै आम जनताको भावना समेटिने बताउनु भयो ।
खनाल यस अघी राजेन्द्र लिङदेनले नेतृत्व गरेको दल राप्रपामा सकृय भएर लाग्नु भएको थियो । अहिले उहाँसगनै निर्वाचन लड्ने गरि काम गरिरहनु भएको छ ।
‘यो क्षेत्र त दुई शिर्ष नेताहरुको क्षेत्र हो चुनाव जीत्छु भन्ने लाग्छ’ भनेर उज्यालो खवरले सोधेको प्रश्नमा खनाल भन्छन् ‘ह्यावि वेट थियो भने त उहाँहरु एक्ला एक्लै चुनाव लडी हाल्नु हुन्थ्यो नि , आफु एक्लै चुनावमा जादा जनताले जीताउँदैनन् भन्ने मानसिकताका कारण कुनै एंगलबाट बिचार नै नमिल्ने दलहरुसँग गठबन्धन गरेर चुनाव लड्नु पर्यो नी । अनी त्यस्तालाई कसरी ह्वेबी हेट भन्नु र ।’
‘वर्षौ सम्म चुनाव जीतेर गएपनि यो क्षेत्रका किसानको जीवनमा कुनै परिवर्तन ल्याउन नसक्नेलाई यहाँका जनताले फेरि पत्याउलान र ?’ उहाँले प्रतिप्रश्न गर्नु भर्नु भयो ।
खनालसँग गरिएको कुराकानीको भिडियो यहाँ राखीएको छ ।









