दमक/
‘दमक मात्र होईन यो क्षेत्रमा त्यस्तो कुन राष्ट्रिय योजना छन् जहाँ मेरो प्रत्यक्ष संलग्नाता छैन होला । त्यो योजना पार्नकालागि मन्त्रालय नधाएको कुनै दिन होला ? ’होम थापा भन्नु हुन्छ दमक सहित झापा निर्वाचन क्षेत्र नं ५ भरीका जुन सुकै दलका नेता तथा जनप्रतिनिधीहरुलाई सोधौ त कस्को सकृयतामा ती योजना आएका रहेछन् ।’
उज्यालो खवरले ‘तपाई प्रदेश सभाको उम्मेदवार किन ?’ भन्ने प्रश्न सोध्दा थापा भन्नु हुन्छ ‘यहाँ कयौ योजना आएका छन् । सुरु सुरुमा बजेट पनि पारियो । काम पनि थालीएको छ । तर ती त अहिले अलपत्र बनेका छन् । गठबन्धनको सरकारले योजना अलपत्र पारेका कारण ती योजनाहरुलाई सम्पन्न गराउनकालागि मेरो उम्मेदवारी हो । ’थापाले प्रष्ट पार्नु भयो ।
झापाको क्षेत्र नं ५ को प्रदेश तर्फको १ नम्बर क्षेत्रबाट उहाँ आगामी आम चुनावमा प्रदेश सांसदको उम्मेदवार बन्नु भएको छ । दमक नगरपालिका र कमल गाउँपालिकाको ३ वटा वडा गरि कुल १३ वटा वडा रहेको यो निर्वाचन क्षेत्रमा उहाँ उम्मेदवार बन्नु भएको हो ।
इमान्दार , शालीनका पर्यायवाची नै बन्नु भएका थापा आफु यस अघीको सरकारको पूर्वाधार विकास हेर्ने गरि काम गरेकोले आफुसँग पर्याप्त अनुभव रहेको बताउनु हुन्छ ।‘नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली प्रधानमन्त्री बनेका बेला मैले कहाँबाट कसरी योजना ल्याउनु पर्ने रहेछ , योजना लीन जानु भन्दा अघी कस्ता पूर्वतयारी गर्नुपर्ने रहेछ , कुन फाँटमा गएर कस्लाई त्यो फाईल बुझाउँदा काम हुने रहेछ ती सबै कामको अनुभव गरेको छु ।
हिजो सांसद नहुँदा त मलाई काम गर्न सजीलो थियो भने अव झन सांसद भएभने म यो क्षेत्रमा कती काम गर्न सकौला।’ उहाँले बताउनु भयो ।
‘दमकको दमक अस्पताल, हिमावी स्कुल, ढुकुरपानी मावि, दमक क्याम्पस, लखनपुरको आयूर्वेदिक अस्पताल, अन्य बिभिन्न सडक, पुलहरु कहाँ मेरो भूमिका गौण देख्नु भएको छ भन्नुस त ? ती आयोजना कार्यान्वायउन गराउने निकायका प्रमुखहरुलाई सोध्नुस होम थापा ती योजनाकालागि फाईल बोकेर कतीपटक धाउनु भएको छ भनेर । ’ उहाँले कुराकानीका क्रममा बताउनु भयो ।
आफुले गरेका कामलाई थापाले आफ्नो एकल प्रयास वा म नभएको भए यो काम आउने नै थिएन भन्दै कहि गफ नदिएको उल्लेख गर्नु भयो । ‘यो योजना आउनमा म, मेरो टिम, म आवद्ध रहेको पार्टि, यसका नेतृत्व लगायतको समेत महत्वपूणर् भूमिका छ । सायद अन्यको पहलमा आएका योजनामा पनि यस्तै नै हो त्यसैले कसैले मैले व्यक्तिगत रुपमा ल्याएको , गरेको भन्छ भने त्यो एक भ्रम मात्रै हो।’थापाले प्रष्ट पार्नु भयो ।
तपाई त बेनामे प्रदेशको सांसद बन्ने दौडमा हुनुहुन्छ प्रदेशको नाम राख्ने एजेण्डा चाहि छैन भन्ने उज्यालो खवरको प्रश्नमा थापाले आफु संसद भएपछि बोलाइएको पहिलो बैठकमै यसको निक्र्यौल निकाल्न आफु सकरात्मक भएर लागी पर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
थापाका चुनावी एजेण्डा र उहाँको उम्मेदवारीका बारेमा उज्यालो खवरले गरेको कुराकानीको भिडियो यहाँ राखीएको छ ।









