प्रदेश निर्वाचन विषेश

बागमती प्रदेश : ७ बाट १८ मन्त्रालय बनाउनुनै प्रदेश प्रति नागरिकको वितृष्णा बढाउने काम भयो , सानु कुमार श्रेष्ठ

काठमाडौ/
यस अघी नेकपा एमालेलेका तर्फबाट डोरमणी पौडेल र त्यसपछिको करिव २ महिना अष्ट लक्ष्मी शाक्यले नेतृत्व गरेको बागमती प्रदेशमा गठबन्धन सरकार आएपछि सरकारको संरचनानै बद्लीयो ।
सुरुमा सातवटा मात्रै मन्त्रायल रहेको यो प्रदेशमा राजेन्द्र प्रसाद पाण्डे मुख्यमन्त्री बनेपछि १८ वटा मन्त्रालय बनाइयो । काम गर्न सहज होस र प्रदेशको सेवा नागरिक सम्म सहज रुपमा पुग्न सकोस भनेर प्रदेशमा मन्त्रालयको संख्या बृद्धी गराएको सरकारले दावी गरेपनि त्यसले देशको आर्थीक भार बढाएको भनेर चौतर्फी आलोचना गरायो । तर ती सबै आलोचनाको सामना गर्दै मुख्यमन्त्री पाण्डेले १८ मन्त्रालय कायमै राखेर आफ्नो कामको प्रारम्भ गर्नु भयो ।
यसैको सिकोमा देशभरीका अन्य प्रदेशहरुले पनि भागबण्डा मिलाउनकालागि मन्त्रालयको संख्या बढाउन थाले । यसप्रकारले देशब्यापी रुपमै नागरिकमा प्रदेश प्रतिको वितृष्णा अझै बढ्न थाल्यो ।

सुरु देखिनै बिचौलिया सरकारको भन्दै नागरिक स्तरबाटै आलोचना खेपिरहेको प्रदेश सरकारहरुले यसरी मन्त्रालय फुटाएर आफ्ना कार्यकर्ताको भरण पोषण गर्न थालेको भन्दै प्रदेश संरचना प्रतिको नागरिकको बुझाई झन झन गलत हुँदै गयो ।

यो कुरा बागमती प्रदेशका तत्कालीन सभामुख सानु कुमार श्रेष्ठले पनि महसुस गर्नु भएको छ । उज्यालो खवरसँग विषेश संवाद गर्दै श्रेष्ठले भन्नु भयो ‘संविधानले प्रदेश सरकारलाई २२ वटा सम्म मन्त्रालय बनाउन पाउने अधिकार दिएको छ र त्यहि अधिकारलाई टेकेर मन्त्रालयको संख्या बढाइयो । तर यो संख्या बृद्धि तत्कालकालागि आवश्यक थिएन । ’

मन्त्रालयको संख्या बढाएर काम गरेको प्रदेश सरकार भन्दा सिमित श्रोत साधनलाई परिचालन गरेर काम गरिरहेको डोरमणी पौडेल र अष्ट लक्ष्मी शाक्य नेतृत्वकै सरकारको काम प्रभावकारी भइरहेको उहाँले कुराकानीका क्रममा बताउनु भयो ।

‘कानुन बन्ने कुरा, विधेयक पेष गर्ने कुरा, संसदलाई अन्य विजनेश दिने कुरा पछिल्ला १८ महिनामा न्यून भयो ।’श्रेष्ठ भन्नु हुन्छ ‘प्रदेशको क्षमता भन्दा बढी मन्त्रालय बढाएपछि त्यहि अनुसारको खर्च व्यवस्थापन गर्न र छलफल गरि विषयगत विधेयक समेत आउन सकेन ।’

यसरी १८ महिना अघी प्रभावकारी रुपमा चलिरहेको प्रदेश सरकार त्यस यता भने भागबण्डा मिलाउँदैमा समय व्यतित भएको उहाँको भनाई छ ।
श्रेष्ठ एक इमान्दार नेता भएका कारणले गर्दा पार्टिले उहाँलाई केन्द्रमा जान भनेर सिफारिस गर्न लागेको थियो । तर प्रदेश प्रति वर्तमान गठबन्धन सरकारले नकरात्मक भ्रमहरु छरेको हुँनाले संघियतामा किन प्रदेश आवश्यकता छ ? भन्ने कुराको पुष्टि गर्न आफु पूःन प्रदेश सभाकै उम्मेदवार बनेको उहाँले बताउनु भयो ।

काठमाडौको क्षेत्र नं २(१) बाट अहिले उहाँ प्रदेश सभाको निर्वाचनकालागि चुनावी मैदानमा हुनुहुन्छ । यस अघी आफुले प्रदेश सरकारकै पहल र स्थानिय आवश्यकतालाई महसुस हुने गरि काम गरेकोले नागरिकले मत दिनेमा उहाँ विस्वत हुनुहुन्छ ।

उज्यालो खवरले श्रेष्ठसँग गरेको कुराकानीको भिडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा