ठेकेदारको सेटिङबारे पर्दाफास

ठेकेदारले समयमै काम नसक्नुबारे झापाका सांसद सावाको यस्तो खुलासा (भिडियो क्लिप सहित)

दमक/
झापाको क्षेत्र नं ४ बा भर्खरै सम्पन्न निर्वाचन मार्फत एल पि सावा निर्वाचीत बन्नु भएको हो । यस अघी पनि उहाँ यही क्षेत्रबाट निर्वाचीत बन्नु भएको थियो । नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नु भएका सावाले आफु निर्वाचनका बेला मतदाताकहाँ मत माग्न जाँदा गरेको अनुभव र त्यसको वास्तविकताको बारेमा सार्वजनिक गर्नु भएको छ ।

उहाँले जनतामा विकास र परिवर्तनको चाहना तिव्र रुपमा राखेको र त्यसलाई पुुरा गर्न नितीगत रुपमा भएका निणर्यलाई भने जिम्मेवार निकायले सहित तरिकाले कार्यान्वायन नगरिदिदा जनप्रतिनिधीहरु अपमानीत भएको गुनासो गर्नु भएको छ ।

झापाको दोमुखामा बिहिबार उहाँले पत्रकार सम्मेलननै गरेर भन्नु भयो ‘पूर्वाधार विकास निर्माण गर्न ठेक्का लागाइएको हुन्छ । तर ठेक्का लिने र दिने निकाय विचको चलखेलका कारण ती काम समयमै पुरा नै हुँदैनन् ।’

उहाँले आफ्नै निर्वाचन क्षेत्रका केहि योजनाको उदाहरण समेत दिदै भन्नु भयो ‘ ठेक्का लिने, काम नगर्ने र त्यस क्षेत्रका जनप्रतिनिधीलाई बदमान गराउने जुनसुकै ठेकेदारलाई काम गराउने गरि म लागी परेर काम गर्छु । त्यस्तो गल्ती गर्ने ठेकेदारलाई के गर्नु पर्ने हो आफ्नो र पराई नभनी विकास काममा अघी बढाउँछु । ’

सावाको निर्वाचन क्षेत्रमा २०६८ साल देखी निर्माण भइरहेका दुई वटा महत्वपूणर् पुलहरु अझै सम्म पुरा भएका छैनन । २०७२ सालमै निर्माण सम्पन्न हुनुपर्ने हुलाकी राजमार्ग अन्तर्गतको कन्काई र बिरिङ पुल समयमा नबेनका कारण जनताले बारम्बार प्रश्न गरिरहेको उहाँको भनाई छ। यी मात्रै नभएर अन्य सडक , झोर्लुङगे पुल तथा विद्यालयका भवनहरु ठेकेदारहरुले कामको जीम्मा लिएर समयमा नसकेको प्रती उहाँले आक्रोस पोख्नु भएको थियो ।

 

भिडियो क्लिप

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा