खोजी स्थाईत्वको

‘स्थाईत्वकालगि काग्रेस-एमाले सरकार, रवी र ज्ञानेन्द्र शाहि जस्तालाई कुनै मन्त्री बनाउन हुँदैन’ बास्कोटा (भिडियो बिष्लेशण)

दमक/
मंसिर ४ गते प्रदेश र प्रतिनिधीसभाको निर्वाचन अन्तर्गतको मतदानको काम सकियो । त्यसपछि मतगणना भएर अन्तिम परिणाम आउने बेला भएको छ । यो समाचार तयार पार्दा सम्ममा तीन वटा क्षेत्रको मत परिणाम मात्रै आउन बाँकी छ । बाँकी सबै क्षेत्रको परिणाम आएर सरकार अव कस्तो बन्ने भन्ने खालको चित्र कोरिन थालीसक्यो ।

मुख्य दल र त्यसका शिर्ष नेताहरुको व्यवहार आचरणका कारण नयाँ पुस्ताले परिवर्तन चाहेकोले संसदमा नयाँ दलका सांसद साथै केहि स्वतन्त्र व्यक्तिहरुपनि प्रवेश गरे ।

कुनै पनि एकल दल वा कुनै पनि गठबन्धन र तालमेल गरेर चुनावमा हामिएका दलहरुको समुहले पनि बहुममत ल्याएनन् । यसले गर्दा अवको संसद अस अघीको भन्दा पनि थप गन्जागोल बन्ने हो कि र देशमा अस्थिरता बढ्ने हो कि भन्ने चिन्ता झापा दमकमा प्राध्यापन पेषा गरिरहनु भएका एक चिन्तक तथा विष्लेशक प्राध्यापक धनन्जय बास्कोटाले गर्नु भएको छ ।

देशमा नयाँ शक्ति वा संसदमा नयाँ अनुहारहरुको प्रवेशलाई सकरात्मक लिदै ती सांसदहरुको मनोभावनालाई कदर गरेर मुख्य दलहरुलेनै सरकारको नेतृत्व गर्नु पर्नेमा उहाँको जोड रहेको छ ।

‘देशमा स्थाइत्व स्थापना गर्ने हो भने काग्रेस-एमालेको सरकार अपरिहार्य छ । अन्यथा देश थप संकटमा फस्ने निश्चित छ । ’ उज्यालो खवरको कार्यालयमै आएर आफ्ना बिचार राख्दै बिष्लेशक बास्कोटा भन्नु हुन्छ ‘ चुनावी गठबन्धन र तालमेल भन्दै अझैपनि मुख्य दलहरु अल्झीरहने हो भने संसदमा पुगेका सांसद बिचको किनबेच मात्रै हुन्छ । स्थाई तरिकाले न सरकार चल्छ न संसदनै । त्यसैले पनि अवको राजनैतिक निकास भनेको काग्रेस -एमालेकै नेतृत्वमा आलो पालो सरकार बन्नु पर्छ ।’

यो पटकको निर्वाचनले नयाँ दलको रुपमा स्वतन्त्र पार्टिको उदयमान भयो । कुनैपनि दलमा आवद्ध नभएका उम्मेदवारहरुले पनि स्वतन्त्र बनेरै चुनाव जीतेका छन् र संसद छिर्ने पक्का भएको छ । तर नयाँ भनिएका दल र स्वतन्त्रबाट देश चल्न नसक्ने र यसले थप अस्थिरता र द्धन्द समेत सिर्जना गराउन सक्ने भन्दै बास्कोटा भन्नु हुन्छ ‘अहिलेको हकमा रवि लामिछाने , ज्ञानेन्द्र शाहि जस्ता व्यक्तिलाई सरकारको कार्यकारी पदमा पुर्याउनु हुँदैन । ’

यस्ता पात्र कार्यकारी पदमा पुग्ने बित्तिकै ठुला भनिएका दलका नेताहरुका पुराना फाईल पल्टन सक्ने तर्फ संकेत गर्दै उहाँ भन्नु हुन्छ ‘ यसले गर्दा केहि नेताहरु जेल समेत जानु पर्ने स्थिती आउने र यहि कारण ती नेताहरुले विभिन्न शक्ति लगाएर उनीहरुलाई त्यो कार्यकारी पदबाट हटाउने अनी फेरि अल्पमत बहुमतको खेल हुने भएकोले देशमा अस्थिरता आउँछ ।’ बास्कोटाले भन्नु भयो ।

बास्कोटासँग उज्यालो खवरले गरेको कुराकानीको भिडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा