सीपले सीपालु

जसले परदेशको सीप र कमाईलाई स्वदेशमा यसरी सदुपयोग गरिरहेका छन्

दमक/
सुदुर पूर्वी नेपालमा पर्ने यस जिल्लाबाट वैदेशिक रोजगारमा जानेहरुको संख्या निक्कै उच्च छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार झापा जिल्लाबाट आर्थिक बर्ष २०७६/७७ मा १८ हजार ५ सय ३० जना नेपाली श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकहरुमा गएका छन् । तथ्याङ्कलाई हेर्दा सो आर्थिक बर्षमा सवैभन्दा धेरै नेपाली विदेश जाने जिल्लाहरु मध्ये झापा दोश्रो जिल्ला हो । सवैभन्दा धेरै नेपाली धनुषाबाट रोजगारीका लागि विदेशिने गरेका छन् ।

वैदेशिक रोजगारमा गएकाहरुले विदेशबाट कमाएर पठाउने रकम नेपालको अर्थतन्त्रको मेरुदण्ड नै हो । नेपाल जीवनस्तर सर्वेक्षण, २०११ अनुसार तराईका प्रत्येक तीन परिवार मध्य दुई र पहाड तथा हिमालमा प्रत्येक दुई परिवार मध्ये एकले विप्रेषण अर्थात विदेशबाट आउने रकम प्राप्त गर्ने देखिएको छ । सरदरमा कुरा गर्दा नेपालका ५५ दशमलव ८ प्रतिशत घरधुरीले विदेशबाट कमाएर पठाएको रकम पाउने गरेको देखिन्छ । झण्डै एक दशकभित्र यसमा धेरै ठूलो बदलाव आइसकेको हुन सक्दछ । तपाई हामी सहजै अनुमान गर्न सक्छौं, वैदेशिक रोजगारको कमाई र त्यहाँ सिकेको सीपको महत्व कति छ हाम्रो नेपाली समाजमा भनेर ।


झापाको दमकबाट पूर्व रतुवा खोलको पुल तरेपछि दायाँ तर्फ कोरियन रेष्टुरेण्ड लेखेको फ्ल्क्स देख्न सकिन्छ । यसभित्र पस्दा अकार्ष तरिकाले सजीसज्जावट गरिएको खाजा घरमा पुगिन्छ । यो खाजाघरको भित्तामा कोरियन भाषामै खानाका परिकाको नाम र चित्र कोरिएको छ । बस्ने ठाउँ पनि अनय खाजाघरको भन्दा फरक छ । पकाउने तरिका पनि फरक । त्यसको स्वाद पनि फरक ।

 

झापामै पहिलो कोरियन खाजा इलामको माङसेबुङ गाउँपालिका र झापाको शिवसताक्षी नगरपालिकाका दुई यूवाको संयूक्त प्रयासबाट खोलीएको हो । इलामका नबिन देवान र झापाका सुरेन्द्र साम्सुहाङ नाम गरेका यूवाहरुले कोरियाको सिप सिकेर आउनु भयो । र नेपालमा सदुपयोग गर्नु भएको छ ।

कोरियाको यो सिप उहाँहरुले कोरियामा गएर होईन । मलेसियामा गएर सिकेर आउनु भएको हो । नबिन देवान एक म्यानुफ्याक्चरिङ कम्पनीको काम गर्न भनेर मलेसिया जानु भएको थियो । नेपालमा एजेण्टले भनेजस्तो काम र कमाई नभएपछि गएको कम्पनी छोड्नुपर्यो । र अवैद्य रुपमा बसेर काम गर्नु पर्यो । यहि बेलामा उहाँले कोरियन रेष्टुरेण्डमा काम गर्ने मौका पाउनु भयो । अवैद्यानीक भएर अनेक समस्या त झेल्नु परेको थियो नै । पछि त्यो सिप सिकेछि त्यहाँ उहाँको कमाई मात्रै बढेन त्यहि सिप नेपाल फर्केपछि गरिहाल्ने अवसर बन्यो र अहिले उहाँ सन्तुष्ट हुनुहुन्छ ।


उहाको साथी झापा शिवसताक्षीका सुरेन्द्र साम्सुहाङ चाहि कोरियन रेण्टुरेण्टमै काम गर्न भनेर मलेसिया जानु भएको थियो । तर जुन कम्पनीमा जानु भयो । त्यहाँको काम र कमाईले उहाँलाई चित्त बझाएन । र उहाँले पनि नबिनको जस्तै नेपालबाट गएको कम्पनी छोड्नु भयो । कमाई र काम पनि चित्त बुझ्ने गरिको रेष्टुरेण्डमा काम गर्नु भयो । कुनै पनि सिप नसकि मलेसिया पुग्नु भएका उहाँ त्यहि काम गर्दै गपछि सिकेको सिपले अहिले नेपालमा आफैलाई उद्यमी बनाएको छ । बिदेशमा महिनै पिच्छे तलव थाप्ने बानी परेकाहरु नेपाल आएपछि पनि त्यहि अनुसार होस भन्ने खोज्ने गर्छन । जसले गर्दा थालीएका केहि काम र व्यवसायले निरन्तर्ता पाउन नसक्ने उहाँको विस्वास छ । लगानी गरेपछि केहि बेर धैर्य गर्न सक्नु पर्छ । धैर्यताको फल मिठो हुने भन्दै अहिले आफुले विदेशमा भन्दा पनि राम्रो र चित्त बुझ्दो कमाई गरिरहेको सुनाउनु हुन्छ ।


इलामका हेमराज ओलीले दमकको मुख्य चोकमा भब्य खोलको कफि क्याफे खोल्नु भएको छ । करिव ४० लाख रुपैँयाको लगानीमा उहाँले विभिन्न देशी तथा विदेशी स्वादका कफि बनाएर बिक्रि गर्नु हुन्छ । उहाँको कफि क्याफेमा पस्दा बिदेशमा हुने स्टर बक्स जस्ता अन्तरािष्ट्रय स्तरको भन्दा कम छैन । शान्त वातावरण , कफिसँग खान मिल्ने केहि बेकरी खाजा र कफि पिउँदै बसेर पढ्न मिल्नेगरिका पुस्तकहरु ।

सफा सटक्क परेको यो कफि हाउस हो थर्ड होम कफि हाउस । यो कफि हाउस सञ्चालन गर्न हेमराजले साढे ६ वर्ष यूएइमा बसेर काम गर्नु भयो । त्यहाँका कफि हाउसमा काम गरेको अनुभब मात्र उहासँग छैन । उहाँले यूएइका केहि ५ तारे होटलमा पनि काम गर्नु भयो । यसले उहाँलाई काम र दाम दुबै सिकायो । अहिले उहाँले अर्को एक जना साथीसँगको सहकार्यमा झापामा दुई ठाउँ कफि क्याफे खोल्नु भएको छ । विर्तामोड र दमकमा । अहिले कोरोनाको काल थिएन भने सुनसरीको इटहरीमा पनि खोल्ने योजना उहाँको थियो ।

बिदेशमा बसेर जसरी शान्त वातावरणमा कफि पिउनेहरु छन् त्यो वातवरण आफ्नै देशमा पनि त बनाउन सकिन्छ भन्ने उहाँमा सोच आयो । यहि सोच अनि विदेशको सिप र कमाईले उहाँलाई यो सपना पुरा गर्न सहजता बनाएको छ । विदेश जानुअघि देखेका सपना त उहाँको पुरा भयो नै । विदेशमै सिकेको सिपलाई आफ्नै ठाउँमा फर्केर पुरा गर्ने चाहनालाई पनि उहाँले सार्थकता दिन सक्नु भएको छ ।


विदेश जानुअघि जुन सपनासँग विदेशमा काम गरिन्छ । त्यो सँगसँगै विदेशको सिप र कमाईलाई पनि आफ्नै देशमा लगानी गर्न सक्छु भन्ने संकल्प गरेमा असम्भव भने पक्कै छैन । विदेशमा गरेको दुःखलाई आफ्नै देशमा उसैगरि लगानी गर्ने हो भने विदेशको जतिमात्र होईन सान र मान सहितको धन पनि कमाउन सकिन्छ भन्ने उदाहरण हेमराज ओली, नबिन देवान र सुरेन्द्र साम्सुहाङ उदारहण बन्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा