अनुदानमा कडाइ

कृषि अनुदानमा कडाई गर्दै प्रदेश १ सरकार

 

विराटनगर/
प्रदेश १ सरकारले कृषि सम्बन्धीको अनुदानमा कडाई गर्ने भएका छ । कृषिका नाममा झोले अनुदान बढेपछि प्रदेश १ सरकारले त्यसलाई अंकुस लगाउन कृषि व्यवसाय अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहिबार प्रदेश १ सभाले पारीत गरेपछि अव झेले अनुदान लिनेहरु रोकिने विस्वास गरिएको छ ।

प्रदेश १ को आठौ तथा बजेट अधिवेशनको बाइसौ बैठकमा प्रदेश कृषि व्यवसाय अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल भएसँगै पारित पनि भएको छ ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ल्याएको बिधेयक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले टेबल गर्नुभएको थियो ।

प्रदेशसभाको सातौं अधिवेशनमै संसद सचिवालयमा सरकारले दर्ता गरेको विधेयक प्रदेशसभामा टेबुल भएको हो । कृषि अनुदानसम्बन्धी विधेयक टेबुल भएर छलफलका लागि सर्वसहमतिले पारित भएको छ । विधेयक टेबल गर्दै मन्त्री मगरले कृषि फार्म तथा उद्योगलाई पटक पटक दिईने अनुदानले कृषि क्षेत्रको विकास नभएको बताउनुभयो ।

५० देखि ७५ प्रतिशत सम्म अनुदानको व्यवस्था भएकाले अब कसलाई कति पटक अनुदान दिने र अनुदान दिएका उद्योगले गरेको प्रगतिको अवस्था हेरेर मात्र अनुदान दिने या नदिने विषयमा ध्यान दिनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । अनुदानलाई पारर्दशी बनाउनका लागि प्रर्वदन विधेयक ल्याउनु परेको मन्त्री मगरले बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन