मन्दिरमै आवासिय सुविधा

पशुपति मन्दिरमा अव आवासिय सुविधा, आकर्षक बैठक कक्षपनि

दमक/

दमक ६ स्थित मुख्य बजारमा रहेको पशुपति मन्दिर अहिले अत्याधुनिक र सुविधासम्पन्न धार्मिक स्थल बन्दै गएको छ । यहाँ आवश्यक पर्ने विभिन्न संचना निर्माणमा नेपाल सरकार तथा दमक सरकारको लगानी हुने गरेको छ । मन्दिर व्यवस्थापन समितीको अध्यक्षमा स्थानीय समाजसेवि तथा विकास प्रेमि व्यक्ति नन्दि अधिकारी चयन हुनु भएपछि मन्दिरको स्वरुप थप बद्लिदै गएको छ ।

यो सदनको माथील्ला तलामा रहेका कोठामा बस्ने सुविधा छ । बैठक गर्ने कक्ष पनि छन् । धार्मिक कार्यक्रममा कोहि पनि दममा आउँदा होटल तथा अन्य स्थनमा बस्न असहज हुने भएको भन्दै मन्दिरमै यस प्रकारको सुविधा बनाइएको अध्यक्ष अधिकारी बताउनु हुन्छ ।
कोठा निकै आकर्षक छन् । कोठा भित्रै शौचालय र नुहाउने कोठा पनि राखीएको छ । एउटा कोठामा ४ जना देखी १० जना सम्म पनि सुत्न मिल्छ । यस्तै आकर्षक बैठक कोठा पनि यहाँ छ ।

बैठक सोफा सेट सहित अत्यन्तै आकर्षक तरिकाले सजिसज्जावट गरिएका बैठक कोठामा १० जना देखी २५ जना सम्म बसेर बैठक बस्न सक्छन् । यसकालागि बाहिरका होटलमा लाग्ने भन्दा निकै कम मात्रै शुल्क लिइने अधिकारीले बताउनु भयो । व्यवसायीक भन्दा पनि आम नागरिकलाई सहज होस भन्नका लागि यस प्रकारको सुविधा विस्तार गरेको उहाँले बताउनु भयो ।

बजारको विचमा रहेको यो मन्दिरमा भक्तजनहरुले अव कुनै पनि कार्यक्रम वा उत्सव गर्नुपरेमा आवासको समेत सुविधा भएपछि सहज हुने उहाँको विस्वास छ । यो सुविधा सुरु हुन भने अझै केहि समय लाग्ने उहाँले बताउनु भयो । शुल्कका बारेमा समितीमा छलफल भइरहेको र टङ्गो नलागीसकेको उहाँको भनाई छ ।

सरकारी अनुदानमा यज्ञ र सभाहल

उहाँकै पहलमा यहाँ नेपाल सरकारको ४० लाख रुपैँयाको लगानीमा एउटा ३०/३० को यज्ञ गर्ने हल निर्माण गरिएको छ । चिटिक्क रङ्गरोगन, वारपार मार्वल विच्छाएर करिव एक सय जना सम्म अट्ने गरिको यज्ञ हल निर्माण भएको छ । यस्तै यहाँ ३ वटा साना तथा ठुला आकारका हलहरु छन् । यहि बजेटबाट ती बजेटको मञ्चमा आवश्यक पर्ने केहि फर्निचरका सामाग्री पनि खरिद गरिएको छ ।

मन्दिरको हलमा नियमती विभिन्न प्रकारका कार्यक्रमहरु हुने भएकोले जेनेरेटरको पनि आवश्यक थियो । यहि रकमबाट जेनेरेटर र यस्को राख्ने स्थान पनिको व्यवस्था गरियो । साथै यहाँ आवश्यक पर्ने अन्य केहि सामानहरुमा मर्मत सम्भावर समेत गरेर मन्दिरलाइ थप सुविधायूक्त बनाउँदै लगिएको अध्यक्ष अधिकारीले बताउनु भयो ।

यसैको अनुगमनमा आउनु भएका अनुगमन टोलिका सदस्य तथा दमक नगरपालिकाका इन्जिनीयर अनन्त सेनेहाङले यहाँ निर्माण भएका संरचना डिजाईन , नक्सा र स्टमेट अनुसार नै तयार भएको बताउनु भयो । समितीका अध्यक्ष अधिकारीनै निर्माणको क्षेत्रमा अब्बल र अनुभवि रहेकोले यहाँ कुनै समस्या र कैफियत नभेटिएको उहाँले बताउनु भयो ।


अनुगमन टोलीका संयोजक बोधराज न्यौपाने फिल्डमा हेर्दा काम राम्रो रहेको भन्दै निर्माण सम्पन्न गर्ने समितीको प्रसंसा गर्नु हुन्छ । थोरै बजेटमा धेरै काम निकालेर गर्न सक्नु त्यो पनि प्राविधिकको भनाई अनुसार गुणस्तिरिय हुनु आफैमा सफल पक्ष रहेको उहाँको बुझाई छ । अव पशुपति मन्दिरमा यज्ञ सञ्चालन गर्न वा अन्य कार्यक्रम गर्नका लागि केहि कुराको पनि अभाव नभएको उहाँले बताउनु भयो । कुनै समस्या वा अभाव भएमा दमक नगरपालिकाले थप सहयोग गर्ने समेत उहाँले प्र्रतिवद्धता जनाउनु भएको छ ।

नेपाल सरकारको तराई मधेस समृद्धि कार्यक्रम प्राप्त भएको ४० रुपैँयाको बजेटले यहाँ करिव ६१ लाख बराबरको काम निमालिएको समितीले दावि गरेको छ । स्टमेड अनुसारका सबै काम सकेर पनि थप अन्य काम समेत गरेकोले कम पैसामा धेरै काम निकाल्न सकिने रहेछ भन्ने उदाहरण अहिले नन्दे अधिकारी बन्नु भएको छ । बजेट र स्टेमेड अनुसारका यहाँ सबै काम सम्पन्न भै सकेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं,६ असोज। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ । प्रधानमन्त्री शाह