बधाई झापा

भलिबलको उपाधी झापा गापालाई बधाई झापा

दमक /
झापाको दमकमा सम्पन्न प्रदेश स्तरीय प्रथम वडा अध्यक्ष कप अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले जितेको छ। उसले भोजपुरको रामप्रसाद राई गाउँपालिकामाथि शानदार जित निकाल्दै उपाधि कब्जा गरेको हो।

झापाले भोजपुरमाथि सोझो सेटमा जित हासिल गरेको हो। पहिलो सेटमा २५-२१ ले जित हात पारेको झापाले दोश्रो सेटमा २५-१४ को शानदार जीत हासिल गरेको थियो। त्यसपछि तेश्रो सेटमा पनि झापाले उत्कृष्ट प्रदर्शन गर्दै २५-१८ को फराकिलो अन्तरमा जीत निकाल्दै उपाधिमाथि कब्जा जमाएको थियो। जितसँगै झापाले नगद एक लाख हात पारेको छ भने उपविजेता भोजपुरले ५० हजार प्राप्त गर्यो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि झापाका जर्सी नम्बर ६ का रविन शिवाकोटीले हात पारे । त्यस्तै वेष्ट सेटर बेलबारीका जर्सी नम्बर ६ का पदम राज खड्काले हात पार्दा वेष्ट स्पाइकरको उपाधि भोजपुरका जर्सी नम्बर ४ का दिनेश तामाङले हात पारे भने वेष्ट ब्लकरको उपाधि झापाका जर्सी नम्बर ८ का रोहित शिवाकोटीले हात पारे ।

त्यस्तै वेष्ट सर्भरको उपाधि दमकका मुस्कान लिम्बुले हात पार्दा वेष्ट लिब्रोको उपाधि झापाकै जर्सी नम्बर १२ का गणेश कटुवालले प्राप्त गरे । दमक -३ स्थित प्रस्तावित मदनभण्डारी रंगशालामा सम्पन्न प्रतियोगितामा प्रदेश १ का १९ पालिकाको सहभागिता रहेको खेल संयोजक राजु श्रेष्ठले जानकारी दिनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप

वर्तमान सरकारको नीति जनविरोधी र श्रमिकमारा छः कुलमान घिसिङ

रामेछाप,१३ असार । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाउनु भएको छ । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा

तीन विश्वविद्यालयको उपकुलपति चयनका लागि अन्तर्वार्ता सुरु

काठमाडौं,१३ असार । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम आजदेखि प्रारम्भ

सरकारी सफ्टवेयर केन्द्र स्थापनाको निर्णयप्रति प्रविधि क्षेत्रमा तरंग

काठमाडौँ,१३ असार । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत एउटा केन्द्रीय सफ्टवेयर विकास र सञ्चालन केन्द्र स्थापना गर्ने अन्तिम तयारी गरिरहेको छ। देशभरका सबै सरकारी