सरकार खोई

झापा बाढी प्रभावित : सरकार तथ्याकं संकलनमै व्यस्त , दातृ सस्था नगद सहितको राहत वितरणमा

 

दमक/
बेमौसी वर्षातका कारण झापामा आएको बाढी र डुबानका कारण प्रभावित कति छन् भन्ने कुरा सरकारी निकाय तथ्याकं सकंलन गर्दै छौ भन्दै जवाफ दिन्छन् । तर दातृ सस्थाहरु भने तथ्याकं सहित प्रभावितको घर घरमै गएर राहत वितरण गरिरहेका छन् ।

झापामा बाढी प्रभावित भएकाहरुले नगद साथै अन्य सहायक सामाग्री पनि प्राप्त गरेका छन् । जिल्लाका ४ वटा पालिकाकाका प्रभावितहरुलाई आर्थीक साथै खाद्यन्न र लत्ता कपडा सहयोग गरिएको छ । विस्व खाद्य कार्यक्रम मार्फत प्रप्त भएको नगद २ करोड २५ लाख रुपैँया जिल्लाका गौरिगञ्ज गाउँपालिका, झापा गाउँपालिका, कन्काई नगरपालिका र शिवसताक्षी नगरपालिकाका १ हजार ६ सय ६५ परिवारलाई वितरण गरिने छ ।

नेपाल रेडक्रस सोसाईटि झापा शाखा मार्फत प्रभावित क्षेत्रका नागरिकहरुलाई सो रकम प्रदान गर्ने काम निरन्तर चलिरहेको छ । बिहिबार देखी सुरु भएको रकम वितरणको काम शुक्रबार सकिने नेपाल रेडक्रस झापा शाखाले जनाएको छ । बिहिबार ९ सय ९७ जनालाई रकम झिक्ने पिन नम्बर उपलब्ध गराइएको र अन्यलाई शुक्रबार दिएर कार्यक्रम सक्ने तयारी भइरहेको सभापति ढकालले जनकारी दिनुभयो ।

शाखाका सभापति लोकराज ढकालका अनुसार डब्लुएफपीमार्फत आएको रकम गौरीगञ्ज गाउँपालिका- १, २ का ३६८ , झापाको वडा नं १, २, ३, ६ का ६७२ , कनकाई नगरपालिका-४ का १८६ र शिवसताक्षी नगरपालिकाको २,४,५, ६,८,९ र १० का ४३९ परिवारलाई नगद सहायता रकम वितरण गरिरहेको छ । उनीहरुलाई रकम नगदनै नदिएर रेमिटेन्सको पिन नम्बर उपलब्ध गराएको छ । सो पीनका अधारमा जुनसुकै रेमिटेन्सबाट सो रकम झिक्न सकिने गरिको व्यवस्था मिलाईको छ ।

विगत वर्षमा कनकाइ नदीको तटीय क्षेत्रमा बसोबास गर्ने विपद्को उच्च जोखिममा रहेका परिवारको ‘सर्भे’ गरी तथ्याङ्क सङ्कलन गरिएको आधारमा हाल प्रति परिवार रु १३ हजार ५०० का दरले रकम वितरण भइरहेको छ ।

सर्भेमा सम्भाव्य विपद्को उच्च जोखिममा रहेको परिवार वा विपद् सङ्कटबाट प्रभावित भई दैनिक जीविकोपार्जनमा कठिनाइ भएको, सरकारी वा सार्वजनिक संस्थाबाट तलब पेन्सन नलिएका, असहाय तथा आफ्नो हेरचाह आफैं गर्न नसक्ने अवस्थाका व्यक्ति वा परिवारको विवरण सङ्कलन सभापति ढकाले बताउनु भयो ।

रेडक्रसले बमौसमी वर्षाका कारण हाल डुबानमा परेका र विस्थापित भएका परिवारलाई राहतस्वरुप भाँडाकुडा, त्रिपाल, कम्बल, लत्ताकपडासमेत वितरण गरिरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गगन थापाको उद्घोषपछि पनि कर्णालीमा सरकार बदल्ने कसरत सुस्त

सुर्खेत,१० जेठ । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा

जनस्वास्थ्य सुधारका लागि सुर्तीजन्य पदार्थमा भारी कर वृद्धिको माग

काठमाडौं,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत

बागमती नदीमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

सर्लाही,१० जेठ । रौतहट र सिन्धुलीको सीमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत अवस्थामा फेला परेका छन्।

मौसम परिवर्तनसँगै त्वचामा समस्या ? ग्लोरी ब्युटी पार्लरमा विशेषज्ञद्वारा ’स्किन टेस्ट’ सेवा

दमक,१० जेठ ।सुन्दरता—चाहे महिला होस् या पुरुष, सबैको व्यक्तित्वको एउटा आकर्षक पाटो हो। सुन्दर देखिने चाहना र हतारोमा हामी कतिपय अवस्थामा जानी–नजानी ठूला गल्तीहरू गरिरहेका

सगरमाथामामा पुगेर यसरि आफ्नो खु : शी साट्दै सेन्साई पेमा वाइबा

सोलुखुम्बु,१० जेठ । नेपाली हिमाल आरोही, फिल्ममेकर तथा हिमाली कथाकार सेन्साई पेमा वाइबाले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो पटक सफल आरोहण गर्नु भएको छ ।