एमाले वडा अधिवेशन: दमकका १०मध्ये ३ वटा वडामा सर्वसम्मत ,अन्यमा निर्वाचन हुने सम्भावना

 

दमक/
१० वटा वडा रहेको दमक नगरपालिकामा आज सुरु नेकपा एमालेको वडा अधिवेसनमा ३ वटा वडामा सर्वसम्मत पदाधिकारी चयन भएका छन् ।

दिउँसो ४ बजे सम्मको जानकारी अनुसार दमक नगरपापिलका वडा नं २, ६ र ७ मा पदाधिकारीहरु निर्विरोध चयन हुनु भएको हो । वडा नं २ मा अध्यक्ष राजकुमार अधिकारी, उपाध्यक्षमा बुद्दि कुमार सिग्देल, सचिवमा ललित विक र उप सचिवमा वसन्त काफ्ले र पुनम गरागाईँ सर्वसम्मत चयन हुनु भएको छ ।

यस्तै वडा नं ६ मा दुर्गा उप्रेती अध्यक्ष, उपाध्यक्षमा बुद्धिशेखर भट्टराई, सचिवमा शिव काफ्ले चयन हुनु भएको छ । सह सचिवमा सर्वसम्मतीको प्रयास भइरहेको त्यहाँको पार्टि सुद्धिकरण अभियान संयोजक सुमित्रा भण्डारीले जानकारी दिनुभयो । यसै गरि वडा नं ७ मा अध्यक्षमा राधाकृष्ण आचार्य, उपाध्यक्षमा मैयादेवी आचार्य, सचिवमा कमल उदास र सह सचिवमा गायत्रादेवी लामिछाने र भीम प्रसाद सुवेदी चयन हुनु भएको छ ।

यस्तै वडा नं ८ मा पनि अध्यक्ष पदमा अहिले सम्म खेम श्रेष्ठले मात्रै मनोनयन दर्ता गराउनु भएको त्यहाँको पार्टि सुद्धिकरण अभियान संयोजक लिला ढुङ्गेल दाहालले जानकारी दिनुभयो । वडा नं ५ मा ४ जनाले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् । राजेन्द्र ढकाल, यूवराज घिमिरे, सिताराम खतिवडा र गोपाल संग्रौलाले अध्यक्ष पदका लागी मनोनयन दर्ता गराउनु भएको छ ।

यस्तै वडा नं १ मा लक्ष्मी गौतम र मणी सुवेदीले मनोनयन दर्ता गराउनु भएको छ । यसै गरि वडा नं ३ मा चन्द्र प्रसाद गुरागाई, टेक बहादुर अधिकारी र दधिराम भुर्तेलले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ । यस्तै वडा नं ४ मा कुबेर भट्टराई , पम्फा प्रसाद घिमिरे र देवी बहादुर बस्नेतले अध्यक्षकालागि उम्मेद्धारी दर्ता गराउनु भएको छ ।

यसै गरि अन्य वडामा भने मनोनयको काम चलिरहेको र आज साँझ सम्ममा निर्वाचन गर्ने वा सर्मसम्मतीमै मिल्ने भन्नेबारेमा निणर्य हुने बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको