प्रेस चौतारी झापाद्धारा पत्रिका वितरकलाई साईकल वितरण

दमक/

प्रेस चौतारी झापाले एकजना पत्रिका वितरकलाई साईकल वितरण गरेको छ । दमकमा एक दशक बढिदेखी नियमती रुपमा विभिन्न पत्र-पत्रिका वितरण तथा सडक सडकमा हिडेर पत्रिका बिक्रि गर्ने दमक १० निवासी माधव घिमिरे(मेदनी)लाई साईकल वितरण गरिएको हो ।

दमकमा रहेका सक्रिय विभिन्न पत्रकारद्धारा संकलीत रकमबाट घिमिरेलाई साईकल खरिद गरिदिएको प्रेस चौतारी झापाका उपाध्यक्ष मनकुमार गदालाले जानकारी दिनुभयो ।

झापाका बरिष्ठ पत्रकार तथा पुर्व सन्देश दैनिकका प्रधान सम्पादक तथा प्रकाशक गञ्ज दाहालले लामो समयदेखी निकै मिहनत र सघर्ष गरेर घिमिरेले पत्रिका वितरण गर्दै आएको उल्लेख गर्नुभयो ।

घिमिरेको कामलाई थप सहज होस भन्न साईकल वितरण गरिएको दाहालले बताउनु भयो ।

प्रेस चौतारी झापाले आगामी दिनमा प्रेसजन्य क्षेत्रमा सकृय भएर लागी परेर काम गर्नेहरुलाई सम्मान र हौसाला बढाउन अन्य कार्यक्रमहरु पनि निरन्तर गर्ने अध्यक्ष टिकाराम उप्रेतीले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप