धनेस्वर धाम दमककै धार्मिक पर्यटकिय स्थल बन्दै, प्रवर्धन गर्न फेरि पुराण लगाइदै

दमक/
झापाको दमक ५ मा रहेको श्री धनेस्वर महादेव पाञ्चायन मन्दिरको उत्तरपट्टि यो वर्षपनि सप्ताह पुराण लाग्ने भएको छ । दशौ अनुष्ठान अन्तर्गत यहि मंसिर ११ गते देखी १७ गते सम्म श्रीमद् वराह महापूराण ज्ञान महायज्ञको आयोजना गर्न लागिएको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष रुद्र कार्कीले जानकारी दिनुभयो ।

यो वर्षको प्रशिद्ध कथाावाचक भागवत भूषण उदयनाथ दाहाल शास्त्रीज्यू साथै उप वाचक पं. मनिस पोखरेलज्यूको मुखारबृन्द तथा भजन गायक लक्ष्मण बास्तोलाको टोलीका साथमा संगीतमय महायज्ञ हुने जनाइएको छ । मन्दिर परिषरलाई दमककै उत्कृष्ट धार्मिक पर्यटकिय स्थल बनाउने लक्ष्यका साथ यो मन्दिरले विगात ९ वर्ष देखि विभिन्न प्रकारका महापुराणहरु गर्दै आएको छ । यस पुराणबाट संकलन भएको भेटि तथा दानबाट संकलन भएको रकमले यहाँ निर्मित सभाहल तथा भवन निर्माणको काम भइरहेको छ ।

कोभिड १९ को प्रकोपका कारण २ वर्ष देखी रोकिएको पुराण लगाउनेक कार्यक्रम यो वर्ष चाहि केहि सहज भएको र अधिकांसले यसका विरुद्धमा खोप समेत लगाएकोले पुराण सुरक्षीत हुनेमा आयोजक समिती ढुक्क छ । मन्दिरले अघिल्लो पटकनै घोषणा गरेको प्रदेश १ कै सबैभन्दा अग्लो शिवको प्रतिमालाई यो वर्ष पनि निर्माण गर्ने घोषणा गरिएको छ ।

कोभिडका कारण सबै योजनाहरु अलपत्र परेका कारणले यो यजना पनि यस्तै भएको अध्यक्ष कार्कीको भनाई छ । प्रदेश १ सरकारले समेत योजनामा पारेर बजेट नै बिनियोजन गराएको भएपनि कोरोनाकै कारण त्यो योजना हटेकोले उहाँले स्पष्ट पार्नु भएको छ । दमकमा प्रदेश १ कै सबै भन्दा अग्लो शिवको प्रतिमा बनेमा दमक धार्मिक पर्यटकीय क्षेत्रमा एक गन्तव्य बन्ने मन्दिरको दावी छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन