अर्जुनको उम्मेद्वारी

नेकपा एमाले १० औ महाधिवेशन : अर्जुन राईको केन्द्रिय सदस्यमा उम्मेद्वारी

 

दमक/
प्रदेश १ सभा सदस्य अर्जुन राईले आसन्न नेकपा एमालेको १० महाधिवेशनमा आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ । दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले आदिवासी जनजातीको क्षेत्रबाट केन्द्रिय सदस्य पदमा उम्मेद्वारी घोषणा गर्नु भएको हो ।

२०३५ /३६ सालको जनआन्दोलन देखि राजनितीक यात्रा सुरु गर्नु भएका राईले त्यस यता पार्टिको विभिन्न जिम्मेवारी सम्हालदै आउनु भएको छ । २०५१ साल पुष महिना देखी २०५२ साल भदौ सम्म सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष, २०४९ साल देखी २०५४ सम्म तोपगाछि गाविसको अध्यक्ष , २०५४ देखी २०४९ मा जिल्ला विकास समितीको सभापति भएर उहाँले महत्वपूणर् जिम्मेवारी कुसलता पूर्वक सम्हाली सक्नु भएको छ । यस्तै अहिले उहाँ नेकपा एमाले बाट नै निर्वाचित भएर झापा क्षेत्र नं ५(२)को प्रदेश सभा सदस्य हुनु भएको छ ।

माक्सवाद , लेनिनवाद, जनताको वहुदलिय जनवादको मार्गलाई अझ सुद्धिढ बनाउन आफुले केन्द्रिय सदस्यको पदमा उम्मेद्वारी दिएको राईले बताउनु भएको छ । पार्टिलाई लोकतान्त्रीक मार्गमा लैजान र पार्टिले देखेको सुखि नेपाली समृद्ध नेपाल नारालाई साकार बनाउन आफू दृद्धसंकल्पक भएर अघि बढ्ने समेत उहाँले उल्लेख गर्नु भएको छ ।
महाधिवेसन चितवनमा आगामी मंसिर १० देखी १२ गते सम्म हुँदै छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन