उद्यममा यूवा

आफ्नो ठाउँ बनाउन यूवा परिचालनमा जोड, ‘विदेश जान गर्ने लगानी र गरिने मिहनतले यही छ सम्भव’(भिडियोमा हेरौ)

 

दमक/
खासमा को हुन यूवा ? यो प्रश्न हामीले दमकका एक यूवा उद्यमी भनेर पहिचान बनाउँदै गर्नु भएका सुयोग खरेललाई गर्यौ ।‘अन्तराष्ट्रिय मापदण्ड अनुसार उमेरले जो १८ देखी ४० वर्ष बिचमा हुनुहुन्छ उहाँनै यूवा हो । खरेलको जवाफ थियो ।

यो उमेर समुहका यूवाहरु अध्ययनशिल हुने, नयाँ कुराहरुको खाजी गर्ने, आफ्नो अध्ययनलाई प्रयोगमा ल्याएर रुपान्तरणको थालनी गर्ने भएकोले निकै महत्वपूणर् वर्गमा यूवा पर्ने उहाँको अनुभव छ ।

तर यूवाको जोश जागर र शक्तिलाई अहिले राजनैतिक दलले उत्पादनमा जोड्न नसकेको तथा आफ्नो पार्टिको झण्डा र डण्डा बोक्ने काममा मात्रै अधिकमत प्रयोग गरेकोमा उहाँले आपत्ती जनाउनु भयो । यद्यपी यूवाको क्षमता देखाएर काम गर्न अवका दिनमा चाहि पार्टिपनि नचाहिने कुरा प्रमाणित हुन थालेको समेत उहाँले बताउनु भयो ।

काठमाडौका मेयर बालेन शाहको उदाहरण दिदै खरेल भन्नु हुन्छ ‘ न कुनै राजनैतिक पृष्ठभूमि, न कुनै दलको समर्थन मेयर पदमा बिजयी, नयाँ जोश र खोजले सुन्दर काठमाडौ बनाउँने अभियान निरन्तर जारी छ । हामीले त्यहिबाट पनि सिक्नु पर्छ ’
सकरात्मक सोच राख्ने हो भने यूवा वर्गले अव बेग्लै आन्दोलन गरेर रुपान्तरणको बिगलु फुक्ने उहाँको धारणा छ ।

यूवाहरुले आफ्नो ठाउँमा तुरुन्तै परिवर्तन पनि ल्याउन सक्छन् भन्ने उदाहरण बनिरहेका बेला यहि ठाउँका यूवाहरु विदेश जान भन्दै हातमा हरियो पासपोर्ट बोकेर अन्तराष्ट्रिय एयरपोर्टमा जाने गरेका छन् ।

‘सायद आ-आफ्नो अवस्था र परिस्थिती अनुसार हुन सक्छ तर म चाहि यहाँ अवसरनै अवसर देख्छु, विदेशमा गएर १६ घण्टा १८ घण्टा काम गर्न सक्छु भन्ने मानसिकता बोकेर जानेहरुले यहाँ दिनमा १२ घण्टा मात्रै गर्ने हो भने सायदै विदेशको जती कमाई हुन्छ ।’ खरेल भन्नु ‘हुन्छ यसकालागि आफुमा धृढ इच्छा चाहि हुनुपर्छ ।’

खरेलसँग गरिएको कुराकानीको भिडयोलाई यहाँ राखीएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा