उराउ, पाउदुरे भरतनाट्य कार्यशाला सम्पन्न

दमक/
कोशी प्रदेशका विभिन्न जिल्ला तथा शहरमा नृत्य सिकाउँदै आएका प्रशिक्षकहरुलाई ‘क्यासिकल’ सम्बन्धीको प्रशिक्षण दिइएको छ ।
झापाको दमकमा हिजो देखी सुरु भएको दुई दिने उराउ,पाउदुरे भरतनाट्य कार्यशाला आज सम्मपन्न भएको हो ।

दमक कला प्रतिस्ठानले आयोजना गरेको यो कार्यशालामा दमक, बिर्तामोड, इलाम, इटहरी, धरान , धनकुटा तथा विराटनगर क्षेत्रका ८५ जना नृत्यकारहरु सहभागी थिए ।

नेपाली लोक सस्कृतिलाई जगेणर्ा गर्न साथै सस्कृतिक नृत्यको प्रर्वधन गर्न यस प्रकारको कार्यशाला गरिएको प्रतिस्ठानकी कोषाध्यक्ष कमला खनालले उज्यालो खवरलाई जानकारी दिनुभयो ।

पूर्वमै पहिलो पटक यसरी एकै ठाउँमा प्रदेशभरीका नृत्यकारहरुलाई भेला पारेर दिइएको यो स्तरको कार्यशालामा नेपालका ख्याति प्राप्त प्रशिक्षकहरुले सहजीकरण गर्नु भएको थियो ।

रोचक थापा र भावना कार्कीले प्रशिक्षण दिनु भएको कार्यक्रममा सहभागीहरुले नयाँ प्रकारका नृत्यका सिपहरु सिक्ने मौका भएको प्रतिस्ठानका अध्यक्ष बिमल नेपालको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु