आयोजनानै अलपत्र

इलामको सोयाक खानेपानी आयोजना अलपत्र

इलामको सोयाकमा निर्माण गरिएको करोडौंको खानेपानी आयोजना अहिले अलपत्र अवस्थामा छ । अध्ययन बिनै सस्तो लोकप्रियताका लागि गरिने यस्ता कार्यले जनता आजीत भएका छन् ।

निकै तामझामका साथ उद्घाटन गरिएको इलामको इलाम नगरपालिका बडा नं ११ सोयाकमा सोयाक खानेपानी आयोजनाबाट स्थानियले ठुलो आशा गरेका थिए । उद्घाटको क्रममा नगरप्रमुख महेश बस्नेतले पानीको समस्या दिर्घकालीन रुपमा समाधान गरेको बताउनुभएको थियो ।
नगरप्रमुख महेश बस्नेतले यति भनिसक्दा नसक्दा उपस्थित स्थानिय हर्सले गदगद मात्र भएका थिएन्न गाँउ नै गुन्जने गरि ताली पिटेका थिए । तर त्यो उत्साह धेरै टिकेन । ३ महिना नवित्तै स्थानियबासी एकाएक निराश बन्न पुगे डिप बोरिङ मार्फत निकालिएको पानी उनीहरुले राम्ररी पिउन समेत पाएनन् । अहिले डिप बोरिङले कामै गर्न छाडेपछि हरेक घरमा जडान गरिएका धारा सुख्खा छन् । खानेपानीको जोहो गर्न स्थानियलाई निकै सास्ती मात्र भएको छैन त्यहाँका अधिकाशं नागरीकले खानेपानीकै सम्स्याका कारण बसाईसर्ने मनस्थिति बनाइसकेमा छन् ।
पहाडको डाँडामा रहेको यो गाउँ सुख्खा ग्रस्त क्षेत्र हो । खानेपानीको चरम अभाव भएपछि धेरै गाउँले यो क्षेत्रबाट विस्थापित भए । बसाईसराई रोक्न भन्दै नगरपालिकाले डिप बोरिङ मार्फत करिब दुई सय घरधुरीलाई खानेपानीको योजना बनायो । जसका लागी नगरले करिब अढाई करोड खर्च गर्यो । यति ठुलो रकम खर्चिदा समेत खानेपानी नपाएपछि स्थानिय समस्यामा रहेका छन् ।
सडकको कुनामा गाडिएको डिप बोरिङका मेशिन कुन अबस्थामा छ यसै भन्न सकिने अबस्था छैन । स्थानियका अनुसार प्राविधिक सर्बे अनुसार डिप बोरिङ नगरिएको बताउँछन् । डिप बोरिङ असफल भएपछि नजिकैकोे खोल्सीबाट लिफ्टीङ गरेर केही घरपरिवारलाई पानी वितरण गरिएको छ । तर उक्त पानी पनि समयमा स्थानियले पाउँदैनन् । पानीको मुहानमा घेराबारा नहुँदा उनीहरु दुषित पानी पिउन बाध्य छन् । संघिय सरकारबाट अनुदान मार्फत दुई करोड २४ लाख र बाँकी इलाम नगरपालिका साथै उपभोक्ता समिति मार्फत गरी जम्मा दुई करोड ४७ लाख रुपैयाँको लागतमा यो खानेपानी आयोजना आर्थिक बर्ष २०७६/७७ मा निर्माण सम्पन्न गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन