निशुल्क सिप सहितको शिक्षा, पढि सक्दा आधा लाख बढि नगद पनि पाइने

दमक/
अहिले सिप सहितको शिक्षा आवश्यक छ भनेर धेरैले महसुस गरिरहेका छन् ।

हातमा सिप भयो भने नेपालमै काम गर्न , रोजगार पाउन वा बिदेशनै जान पनि सजीलो हुन्छ ।

यो कुराको महसुस गरेर झापाको दमकमा रहेको पुष्प धिरेन्द्र स्मृति प्रतिस्ठान बहुप्राविधिक शिक्षालयले निशुल्क प्राविधिक कक्षा पनि सञ्चालन गरिरहेको छ।

 

यो वर्ष यहाँ एक सय जनाले निशुल्क प्राविधिक शिक्षा पढ्न पाउने छन र पढिसकेपछि काम गर्न सक्ने दक्ष जनशक्ति पनि बन्न सक्ने छन ।

प्रतिस्ठानका अध्यक्ष तिर्थराज बस्नेत भन्नु हुन्छ ‘समृद्धि हुन चाहने हो भने हातमा सिप चाहिन्छ । हामी सिप सहितको शिक्षा त्यो पनि निशुल्क पदान गरिरहेका छौ ।’

 

उज्यालो खवरसँग संक्षिप्त कुरा गर्दै उहाँले भन्नु भयो ‘सिभिल इञ्जिनियरमा ५० जना र कम्प्यूटरको इन्फोमेसन टेक्नोलोजीमा ५० जना गरि कुल एक सय जनाका लागि निशुल्क कोटा तय गरिएको छ । ’

‘हामी पढाउने मात्रै नभएर एक दक्ष र काम गर्न सक्ने जनशक्ति उत्पादन गर्छौ । हामीले यस्तो निशुल्कको कार्यक्रम बिगत ३ वर्ष देखी सञ्चालन गरिरहेका छौ ।’ बस्नेतले बताउनु भयो ।

 

अझ रोचक र चाखलाग्दो कुरा त के छ भने यी विषयमा निशुल्क अध्ययन गर्न आउनेलाई पढिसकेपिछि ५२ हजार रुपैँया नगद पनि दिइने छ भने पढ्न आउने बित्तिकै पोषाक खरिद गर्न भनी पोषाक खरिद गर्नकालागि अरु ७ हजार रुपैँया समेत दिइन्छ ।

 

यसरी वर्षभरीको शुल्क पनि नलाग्ने, पोषाक पनि आफ्नै खर्चले किन्न नपर्ने र अझ पढिसकेपछि रकम पनि पाइने सुविधा विद्यार्थीकालागि बिरलै अवसर हुने बस्नेतको भनाई छ । अझ दुई वर्ष सम्मको निशुल्क दुर्घटना बिमाको पनि व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

यो कार्यक्रम सञ्चालन गर्न प्रतिस्ठानले सिटिइभिटीबाट अनुमति लिएको छ भने आर्थीक रुपमा कोशी प्रदेशको सामाजीक विकास मन्त्रालयले सहयोग गरेको छ । यसमा आवश्यक पर्ने विभिन्न प्राविधिक सहयोग भने इन्स्योरले गर्ने छ । यी सबैको प्रबन्ध मिलाइएकोले विद्यार्थीलाई निशुल्क पढाउने वातावरण निर्माण गरिएको प्रतिस्ठानले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु