दशैलाई स्वागतः स्मारिकाका विद्यार्थीले आफै परिकार पकाए सबैसँग मिलेर खाए (भिडियोमा हेरौ)

दमक/

कक्षा नर्सरी देखी १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुले छुट्टा छुट्टै समुह बनाएका थीए । नर्सरी देखी कक्षा ४ सम्मका विद्यार्थीहरु कक्षा कोठा भित्रै रमाई रहेका थीए । अन्य चाहि विद्यालयको प्राङ्गणमा ।

कक्षा कोेठा भित्र रहेका विद्यार्थीहरुले आ-आफ्नो घरमा विभिन्न परिकार पकाएर विद्यालयमा ल्याएका थीए । कक्षा कोठाका सबै साथीहरु एकै ठाउँ बस्ने । सँगै खाने र खुवाउने काम चलिरहेको थियो ।

अरुबेला पनि विद्यार्थीहरुले खाजाको रुपमा बिभिन्न परिकारहरु खाने गरेका थीए । तर शुक्रबार चाहि उनीहरुले आफ्ु मात्रै खाएनन् । साथीहरुलाई पनि आफ्नो खाजा बाडेर खाए । कक्षामा रहनु भएका गुरु तथा गुरुआमाहरुलाई पनि चखाएका थीए ।

यसले साथी-साथी बिचको सामीप्यता बढाइरहेको थियो । एकअर्का बिच बाँडेर खानु पर्छ भन्ने कुराको ज्ञान यी बालबालिकाहरुले पाइरहेका थीए । साथीत्वको भाव बुझ्ने मौका पाइरहेका थीए ।

विद्याथीले गरेको यस्तो कार्यलाई एउटा महत्वपूणर् कार्यक्रम बनाउने काम गर्यो झापाको कमल ५ पाडाजुगीमा रहेको स्मारिका सामुदायीक बोर्डिङ स्कुलले ।

सानो कक्षामा पढ्ने विद्यार्थीहरुले घरमा पकाएका खानेकुरा विद्यालयमा ल्याएका थीए भने । ५ कक्षा माथीका विद्यार्थीहरुले विद्यालयमै आएर पकाएका थीए । के पकाउने भन्ने , कस्ले पकाउने ? कस्तो पकाउने ? केके मिसानएर पकाउने , कति जनालाई पकाउने ? विद्यार्थीहरुले अघिल्लै दिन योजना बनाएका थीए । उनीहरुले बनाएको योजना सफल पार्न आवश्यक पर्ने श्रोत सामाग्री आफै जोहो गरे । कसैले घरबाट चामल ल्याए । कसैले तरकारी, कसैले मासु । कसैले अन्य खानेकुराहरु ।

विद्यार्थीहरुकै सकृयतामा सबै सामाग्री जुट्यो । उनीहरुलाईनै सहभागी गराएर सबै परिकार पकाउन लगाइयो । पकाइएका परिकार साथी साथी मिलेर खाए । विद्यायलयमा रहनु भएका गुरु तथा गुरु आमाहरुलाई पनि चखाए ।

यसबाट उनीहरुले आपसमा भाईचाराको सम्बन्ध बुझ्ने मौका पाए । सामीप्यता , सहकार्य र सामुहिक कर्मको प्रतिफल महसुस गर्न पाए । खास गरि नजिकिदै गरेको महत्वपूणर् पर्वहरु यसरीनै सबैजना भेला भएर खुसी साट्दै , दुख सुख बाड्दै मनाउनु पर्छ भन्ने सन्देश उनीहरुले बुझ्न सके ।

 

विद्यालयमा विद्यार्थीहरुको यस्तो गतिविधि देखेर कार्यक्रममा सहभागी हुनु भएका केहि अभिभावकहरु प्नि दङ्ग परिरहनु भएको थियो । विद्यार्थीहरुले नै कार्यक्रममा निम्ता गरेर विद्यालय आउनु भएका अभिभावक कविराज गौतम भन्नु हुन्छ हामीले यसरी सिक्दै पढ्न पाएका थीएनौ । हाम्रा छोराछोरीहरुले राम्रोसँग पढिरहेका रहेछन् । यस्ता अभ्यास देख्दा खुसी लागेको छ ।

 

विद्यार्थीहरुलाई के पकाउने भन्ने बारेमा सुझाव पनि विद्यालयले दिएका थीएन । विद्यालयले मात्रै हामी दशै आउँदैछ । यस्ता पर्वहरुमा समुहमा बसेर । सबैसँग मिलेर । मिठो मसिनो आफुसँग जेजे छ त्यहि खाएर मनाउनु पर्छ । धेरै खर्च गर्नु हुदैन । एक आपसमा सर सहयोग तथा सुख दुख वा आफुसँग भएका परिकारहरुपनि बाडेर खानु पर्छ भन्ने सन्देश मात्रै दिने गरिको कार्यक्रम तय गरिएको थियो । कार्यक्रमका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएपछि उनीहरु आफै अग्रसर भए । सबै योजना र काम आफै गर्न थाले । विद्यालयले यसलाई पोटलक पार्टिको नाम दियो । विद्यार्थीले पनि बडो हर्षौलसका साथ मनाएको यस विद्यालयकी सहायक प्रधानाध्यापक लिला न्यौपाने बताउनु हुन्छ ।

 

यसले विद्यार्थीहरुमा अव चाडवार्ड आयो । आपसमा मिल्नु पर्छ । समुहमा बस्नु पर्छ र भाईचाराको व्यवहार सबैसँग गर्नुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।

(भिडियोमा हेरौ) 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु