मिल्यो विवाद

दमक एमाले अपडेट : उपाध्यक्षमा दाहाल, वडा नं ५ को अध्यक्षमा ढकाल

दमक/
नेकपा एमालेको गत कार्तिक ६ र ९ गते भएको क्रमश वडा र नगर को अधिवेसनमा देखिएको विवाद २ महिना पछि टुङ्गीएको छ । कार्तिक ६ गते भएको वडा अधिबेसनमा वडा नं ५ को अध्यक्षमा ४ जना आकाक्षीहरु हुनुहुन्थ्यो । त्यसैले बेला २ जनाले सहमतीमा जाने भनेर आफ्नो आकक्षा फिर्ता लिनु भएको थियो । त्यसपछि बाँकी रहेका सिताराम खतिवडा र राजेन्द्र ढकालले विचमा कस्लाई अध्यक्ष बनाउने भन्ने विवाद कायमै थियो । यसै सन्दर्भमा आज नगरको कमिटिले त्यो विवादलाई हल गरेको छ ।

वडा नं ५ को अध्यक्ष मण्डलका सदस्य सुर्य नेपालका अनुसार पार्टिको वडा नं ५ को नेतृत्व गर्ने जिम्मेवारी राजेन्द्र ढकाललाई तोकिएको छ । अर्का आकाक्षी खतिवडालाई अहिले अध्यक्ष रहेको जेष्ठ नागरिक प्रतिष्ठानको अध्यक्षमै निरन्तर्ता गराउनेमा सहमती भएको छ । यस्तै वडा नं ५ को सचिव पदमा पनि विवाद थियो । यो पदको जिम्मेवारी किरण उप्रेतीलाई तोकिएको छ । यस्तै उप सचिवमा दुर्गा भट्टराई र ललित गिरीलाई तोकिएको छ । यो सँगै नेकपा एमाले वडा नं ५ को कमिटले पूणर्ता भएको छ ।

यस्तै नगर कमिटिको उपाध्यक्ष पदको विवाद पनि सोमबार नै टुङ्गो लोगेको छ । अध्यक्ष मण्डलका सदस्य अम्विका खनालले दिएको जानकारी अनुसार दमक नगर कमिटिको उपाध्यक्षको जिम्मेवारी दिपेश दाहाललाई दिइएको छ । यो सँगै दमकमा देखिएको पदाधिकारी विवादको समस्या हाल भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन