विद्यार्थीलाई ट्राफिक सचेतना (भिडिमा हेरौ)

दमक/

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सडकमा उभीएर ट्राफिक व्यवस्थापन गर्ने व्यक्ति को हुन र यीनको काम के हो भन्नेबारेमा सेचेतना मुलक कार्यक्रम गरिएको छ ।

सडकमा उभीएर सिट्ठी बजाउँदै भीड नियन्त्रण गरेका दृष्श देखेका विद्यार्थीहरुले उनीहरुको परिचय सहित अधिकार र कर्तव्य सम्म थाह पाएका छन् । यती मात्रै नभएर सडक दुर्घटना कसरी हुने गरेको छ ? विद्यालय आउँदा र जाँदा केके कुरामा कसरी ध्यान दिने भन्ने ज्ञान पनि विद्यार्थीले पाए ।

झापाको कमल गाउँपालिका ५ स्थित स्मारिका सामुदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई यसबारेमा सचेतना दिइएको हो ।

विद्यालयकी शिक्षीका तथा स्काउटर सबिना राईले विद्यार्थीहरुले प्रहरी र ट्राफिक प्रहरी बिचको भिन्नता , सडक वार पार गर्दा ध्यान दिने कुरा र सडक दुर्घटना न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने जानकारी दिन यो कार्यक्रम आयोजना जानकारी दिनु भयो ।

 

दमक ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव निरिक्षक सुरेन्द्र खड्काले विद्यार्थीहरुलाई एक दिने अभिमुखीकरण तालिम दिनु भएको थियो । यो तालिममा सडक पार गर्दा जेब्रा क्रसबाट मात्रै गर्नुपर्ने, भएसम्म आकाशे पुलको प्रयोग गर्ने, कहि दुर्घटना भएको देखिहाल्यो भने सबैभन्दा पहिला कहाँ र कसलाई सम्पर्क गर्ने लगायत बारेमा विद्यार्थीहरुलाई जानकारी दिइएको खड्काले जानकारी दिनु भएको छ ।

 

एक सय भन्दा बढि विद्यार्थीहरु सहभागी भएको यो कार्यक्रममा स्मारिकाले खासगरी स्काउटमा आवद्ध भएकाहरुलाई तालिम दिएको थियो । तालिममा सहभागी भएका विद्यार्थीहरुले यसबाट आफुहरुले सडक दुर्घटना न्यूनिकरणको बारेमा थाह पाएको प्रतिकृया दिएका छन् ।

 

स्मारिका सामुदायीक विद्यालयले यहाँ अध्ययन गर्ने विद्यार्थीहरुलाई विभिन्न सम- सामयीक विषयहरुमा जानकारी गराउन यस्ता कार्यक्रमहरु निरन्तर गर्दै आएको छ । यसबाट विद्यार्थीहरुमा अतिरिक्त ज्ञान हासिल गर्न मद्यत पुगीरहेको विस्वास विद्यालयको छ ।

(भिडिमा हेरौ) 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु