उद्यमी बन्दै महिला

व्यवसाय सचेतना तथा व्यवसाय उद्यमशीलता सम्बन्धी तालिम शुरु

पथरी/
मोरङको पथरीशनिश्चरे ४ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मंगलबारबाट व्यवसाय सचेतना तथा व्यवसाय उद्यमशीलता सम्बन्धी तालिम शुरु भएको छ । नगरपालिकाद्वारा आयोजित तालिममा वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले सहभागीलाई सफल उद्यमी वन्न शुभकामना दिनुभये ।

वडा सदस्य अमर बराइली, नगरको घरेलु तथा साना उद्योग विकास शाखा प्रमुख हेमचन्द्र दहालले पनि मन्तव्य राख्नुभएको थिये । मोरङ्गका वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले सहजिकरण गरेको उक्त तालिममा ३० जनाको सहभागिता रहेको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिकाका लघु उद्यमी वन्न चाहने आर्थिक विपन्नहरुका लागि यो वर्ष वडा नम्बर ४, ८ र ९ मा कार्यक्रम सञ्चालन भएको छ । अघिल्लो वर्ष वडा नम्बर १, २ र ३ मा कार्यक्रम सञ्चालन भएको थियो । यसैगरि वडा कार्यालयद्धारा सञ्चालित लैंगिक तथा सामाजिक समावेशी सम्बन्धी ७ दिने तालिम समेत सम्पन्न भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा

काठमान्डौ,१० भदौ। सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा

बाढी प्रभावित रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख पठाउँदै सरकार

काठमान्डौ,१० भदौ।  बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आपत्कालीन व्यवस्थापनका लागि सरकारले रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङ जिल्लालाई ५० लाख रुपैयाँ पठाउने

टिमुरे भन्सार क्षेत्रमा मानिस पुरिएको आशंका : खोज्न ड्रोन र तालिमप्राप्त कुकुर परिचालन

काठमाडौं,१० भदौ । रसुवाको टिमुरे स्थित भन्सार कार्यालय भएको स्थान आसापासमा मानिसहरू पुरिएको आशंका गरिएको छ ।पुरिएकाहरू लोकेट गर्न सशस्त्र प्रहरीले ड्रोनसहित टिम पठाउन लागेको

रसुवा भन्सार कार्यालयमा ३७ कर्मचारी मध्ये २० जना सम्पर्कविहिन

काठमान्डौ,१० भदौ। रसुवाको टिमुरेस्थित भन्सार कार्यालय बाढीले पूर्णरूपमा क्षतिग्रस्त भएको छ। बुधबार बिहान तिब्बततर्फबाट आएको भीषण बाढीले भन्सार कार्यालयसहित आसपासका संरचनामा ठूलो क्षति पुर्‍याएको भन्सार

नेपालमा अप्रत्याशित बाढी : बिश्व स्वास्थ्य संघठनले पठाउने भयो यस्तो सहयोग

काठमाडौँ,१० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ।प्रधानमन्त्री बालेन्द्र शाहको

चीनबाट फेरि आयो सूचना, भोटेकोसी र त्रिशूली आसपासको जोखिम कायमै

काठमाडौं, १० भदौ । चीनतर्फबाट प्राप्त पछिल्लो सूचनाअनुसार भोटेकोसी नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेपछि भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम कायमै