बाढी प्रभावित रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख पठाउँदै सरकार

काठमान्डौ,१० भदौ।  बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आपत्कालीन व्यवस्थापनका लागि सरकारले रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङ जिल्लालाई ५० लाख रुपैयाँ पठाउने भएको छ ।

बुधबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत उक्त रकम तत्काल पठाउन लागिएको जानकारी दिनु भयो ।

डा। उप्रेतीका अनुसार विपद्को अवस्थाप्रति सरकार अत्यन्त संवेदनशील रहेको र मन्त्रिपरिषद् (क्याबिनेट) बैठकबाट थप आवश्यक निर्णयहरू लिइएको बताउनु भयो । हाल सबै सरकारी संयन्त्रहरू प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा पूर्ण रूपमा परिचालन भइरहेको छ ।

बाढीको वस्तुस्थितिबारे जानकारी दिँदै डा। उप्रेतीले बाढीको सुरुवातमै जल तथा मौसम विज्ञान विभागको एक मापन स्टेसन बगाएको बताउनु भयो ।

‘स्टेसन बगाएपछि अर्को स्टेसनसम्म बाढी आइपुग्न करिब डेढ घण्टा लागेको थियो। अर्को स्टेसनमा पानीको बहावले खतराको तह (डेन्जर लेभल) पार गरेको छ,’ उहँले भन्नु भयो, ‘अहिले उक्त बाढी मुग्लिङ र सोभन्दा तल्लो तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ ।’ यद्यपि, माथिल्लो जलाधार क्षेत्रमा भने बाढीको सतह बिस्तारै घट्दो क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

बाढीपहिरोका कारण केही हताहती भएको अनौपचारिक सूचना आए पनि स्थलगत रूपमा आधिकारिक पुष्टि नहुन्जेलसम्म यकिन विवरण भन्न नसकिने डा। उप्रेतीले स्पष्ट पार्नुभयो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तत्काल राष्ट्रिय विपद् घोषणा गर्न सरकारसँग एमालेको माग

काठमाडौँ,१० भदौ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले रसुवाको भोटेकोशी लगायतका क्षेत्रमा आएको भीषण बाढीका कारण उत्पन्न सङ्कटलाई मध्यनजर गर्दै तत्काल राष्ट्रिय विपद्

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि काठमाडौंमै रोकिए

काठमान्डौ,१० भदौ।  चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधन रोकिएको छ । उपत्यका ट्राफिक

बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा

काठमान्डौ,१० भदौ। सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा

बाढी प्रभावित रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख पठाउँदै सरकार

काठमान्डौ,१० भदौ।  बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आपत्कालीन व्यवस्थापनका लागि सरकारले रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङ जिल्लालाई ५० लाख रुपैयाँ पठाउने

टिमुरे भन्सार क्षेत्रमा मानिस पुरिएको आशंका : खोज्न ड्रोन र तालिमप्राप्त कुकुर परिचालन

काठमाडौं,१० भदौ । रसुवाको टिमुरे स्थित भन्सार कार्यालय भएको स्थान आसापासमा मानिसहरू पुरिएको आशंका गरिएको छ ।पुरिएकाहरू लोकेट गर्न सशस्त्र प्रहरीले ड्रोनसहित टिम पठाउन लागेको

रसुवा भन्सार कार्यालयमा ३७ कर्मचारी मध्ये २० जना सम्पर्कविहिन

काठमान्डौ,१० भदौ। रसुवाको टिमुरेस्थित भन्सार कार्यालय बाढीले पूर्णरूपमा क्षतिग्रस्त भएको छ। बुधबार बिहान तिब्बततर्फबाट आएको भीषण बाढीले भन्सार कार्यालयसहित आसपासका संरचनामा ठूलो क्षति पुर्‍याएको भन्सार