नेपालमा अप्रत्याशित बाढी : बिश्व स्वास्थ्य संघठनले पठाउने भयो यस्तो सहयोग

काठमाडौँ,१० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ।प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको समन्वय पछि डब्ल्युएचओले एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण प्रभावित क्षेत्रमा पठाउन लागेको हो।त्यस्तै, डब्ल्युएचओले २४ स्क्वायर मिटर क्षेत्रफलका १५ वटा आपतकालीन टेन्ट समेत प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बाढी प्रभावितको उपचारका लागि काठमाडौं स्थित वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको मन्त्रालयले जनाएको छ। बाढीमा घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइसकिएको पनि मन्त्रालयको भनाइ छ।स्वास्थ्य सेवाको आपतकालीन व्यवस्थापनका लागि काठमाडौं स्थित संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको छ।
त्यस्तै, नेपाल रेडक्रस, लायन्स र नेपाल स्काउटसँग समेत प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य तथा राहत सेवा पु¥याउन समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

यसैबीच, राष्ट्रिय ट्रमा सेन्टरबाट चिकित्सकको टोलीसमेत बाढी प्रभावित क्षेत्रमा पठाइएको छ। सेन्टरका अनुसार सात जना चिकित्सकलाई आवश्यक औषधिसहित प्रभावित क्षेत्रतर्फ पठाइएको हो।
विपद्को अवस्थामा स्वास्थ्य आपतकालीन व्यवस्थापनका लागि स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले विभिन्न निकायबीच समन्वय गर्ने भूमिका निर्वाह गर्दै आएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा