दमक/
वयस्क उमेर समुहका विद्यार्थीहरुलाई एच पि भि खोप बारेमा अभिमुखीकरण तालिम दिइएको छ ।
दमक २ मा रहेको हिमालय माद्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई खोप निर्माण कम्पनीकै अनुसन्धान कर्ताको उपस्थितीमा खोपबारेमा जानकारी गराइएको हो ।
अमेरिकामा रहेको मार्क कम्पनीमा कार्यरत डा. विष्णु रायमाझीले खोप कसरी बन्छ, कस्तो कस्तो उमेर समुहहमा कति कति मात्रा खोप लगाउने भन्नेबारेमा जानकारी गराउनु भएको थियो ।
खोपको प्रयोगको प्रभाव, नेपाल तथा विस्वको स्थिती र खोप नलगाएमा देखिन सक्ने जोखिम लगायतका बारेमा उहाँले विद्यार्थीहरुसँग अभिमुखीकरण गर्नु भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले समेत निकै उत्सुक्ता जनाउँदै आफुहरुलाई लागेका विभिन्न जिज्ञासा समेत डा. रायमाझी समक्ष राखेका थीए ।
शिक्षक तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रोमनाथ ओलीले समेत सकृय भएर कार्यक्रमको सवाल जवाफमा सहभागी हुनु भएको थियो ।
यो खाले कार्यक्रमले एच पि भि खोपका बारेमा विद्यार्थीहरुले थाह पाएर यस सम्बन्धीका विभिन्न जोखिमबाट बच्नकालागि र सुरुदेखनै सचेत बनाउन यो कार्यक्रम विद्यार्थीमाझ गर्नु परेको डा. रायमाझीले उज्यालो खवरलाई जानकारी दिनु भयो ।
हिमालय माद्यमिक विद्यालयले विद्यार्थीहरुलाई खोप बनाउने कम्पनीकै प्रतिनिधी अथवा बैज्ञानीकसँग पहिलो पटक यस प्रकारको अन्तकृया गराएको जनाएको छ । विद्यार्थीहरुले खोपका बारेमा त थाह पाउने नै भए यो सँगै आफुपनि कार्यक्रममा उपस्थित हुनु भएका डा. बैज्ञानीक जस्तै बन्न सक्छु भन्ने प्रेरणा पनि लिन सक्छन् कि भन्ने सोच राखेर यो कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक द्रोण श्रेष्ठले जानकारी दिनुभयो । विद्यार्थीहरुमा यस सम्बन्धी सिक्ने इच्छा बढेमा विद्यालयले ल्याव समेत निर्माण गर्ने गरिको योजना बनाएको श्रेष्ठले सुनाउनु भयो ।
भिडियो हेरौ









