दमक/
केहि दिन सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले धर्मका बारेमा दिएको अभियव्यक्तिालाई लिएर सर्वत्र आलोचना भइरहेको छ ।
‘कृस्चियन धर्म मान्दीन भन्नु संविधान मान्दीन भन्नु हो, संविधान नमान्नु भनेको देशद्रोही हो । देशद्रोहीलाई च्याप्प समाउने जेल हाली हाल्ने ।’ भन्दै सार्वजनिक रुपमै अभिव्यक्ति दिएपछि मन्त्री किराती प्रति आलोचना बढ्न थालेको छ ।
आलोचना गर्नेहरु अधिकांसक हिन्दु धर्मका आस्थावानहरु रहेका छन् भने त्यसको बचाउँ गर्नेहरु केहि माओवादी कार्यकता र कृस्चियन धर्मका अनुयाहीहरु रहेका छन् ।
मन्त्री किरातीले यसरी एउटा धर्मलाई इङ्गीत गरेर दिएको अभियव्यक्तिले राष्ट्रिय स्तरमै तरङ्ग सिर्जना गराएको छ ।
कृस्चियन धर्म इत्तर मानीहरुले सडकमा उत्रेर प्रर्दशन गर्न थाली सकेका छन् । मन्त्री किरातीको ठाउँ ठाउँमा पुत्लो दोहन हुन थालेको छ भने कडा ढण्गले राजीनामाको समेत माग गरिएको छ ।
स्पिड काम गर्ने मन्त्रीका रुपमा परिचत भएका मन्त्री किरातीलाई एउटै अभिव्यक्तिका कारण अहिले चौतरी प्रहार भएको हो ।
उहाँको त्यस खाले अभिव्यक्तिले राज्य धर्मनिरपेक्षको नाममा क्रिस्चियन धर्मको संरक्षणमा उत्रेको र उनीहरुलाई उकासेर हिन्दु धर्मवालम्बीहरुसँग मुठभेड गराउने मोडमा देखिएको बिष्लेणश गर्नुहुन्छ हिन्दु धर्मका अभियान्ता चक्रपाणी गौतम ।
‘हामी त पृक्ष्वी, आकाश सबै सान्त रहनु पर्छ भन्ने मान्यताबाट आएका हौ । तर राज्यमा बसेहरुकाले नै हाम्रो धर्ममाथी प्रहार गर्र्छ भने त्यसको रक्षका लागी लड्न हामी पनि तयार छौ । धर्मको रक्ष गर्नु भनेको राज्य बचाउनु हो । हामी हाम्रो धर्म र राज्य बचाउँन जस्तोसुकै परिस्थितीको पनि सामना गर्न तयार छौ । ’ अभियान्ता गौतमले उज्यालो खवरसँगको संवादका क्रममा बताउनु भयो ।
उहासँगको संवादको भिडियो तलको लिंकमा राखीएको छ ।
भिडियोमा हेरौ










