दमक/
यान रन , यो नाम हो चिनकी एक यूवतीको । उनी अहिले काठमाडौको स्कुल अफ म्यानेजमेण्ड कलेजमा पढिरहेकी छिन् । उनले यहाँ नेपाली भाषा पढिरहेकी छिन । नेपाली भाषा पढ्न थालेपछि उनको नाम नेपालीमा पनि राखीएको छ । उनको नेपाली नाम हो गरीमा ।
उनले तीन महिना देखी नेपाली भाषा पढेको बताइन । नेपाली भाषा राम्रोसँग बोल्न जान्ने बन्न उनले भाषाको कक्षानै लिएको बताएकी छिन । उनी नेपालमा बसेर पढ्ने भएपछि यो देशको बारेमा बुझ्न र थाह पाउन पनि सजिलो होस भन्न आफुले नेपाली भाषा पढेको उनको भनाई छ ।
यही विद्यालयमा अध्ययन गर्दै गरेकी अर्की विद्यार्थी हुन जुओ सुआन । उनको नेपाली नाम चाहि सोनिया हो । उनले नेपाली भाषा सिक्दा अप्ठयारो लागेको प्रतिकृया दिइन । उनी भन्छिन चिनिया भाषा पढाउँदा लेख्न र पढ्न धेरै अभ्यास गराइन्छ । तर नेपाली लेखेको र पढेकोलाई बोल्दा पनि केहि जटिल भइरहेको छ ।
यहाँ भाषा मात्रै सिकाइएको छैन । नेपालको सस्कार र सस्कृतीका बारेमा पनि बुझाई रहिएको छ । नेपालीले लगाउने पोषाक, खाने खाना लगायत बारेमा पनि चिनिया विद्यार्थीहरुलाई सिकाउने काम भइरहेको छ । ्
पढ्दै गएपछि चिनको भाषा भन्दा नेपाली भाषा सजिलो लाग्ने गरेको पनि चिनिया विद्यार्थीको अनुभव रहेको छ । यहाँ अध्ययन गर्दै आउनु भएकी याङ यूरान अर्थात इर्सितालाई अहिले यस्तै लाग्न थालेको छ । तर चिनियाकालागि यो भाषा सिक्न निकै गाह्रो रहेको उनले बताइन ।
चिनियाँ विद्यार्थीलाई नेपाली पढाइरहेका धनप्रसाद पण्डित विश्वभाषा र पद्यकन्या क्याम्पसका पूर्वप्रमुख हुन् । काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टको आग्रहमा उनले चिनियाँ विद्यार्थीलाई पढाउन थालेका हुन्। उनी हप्ताको दुई दिन सोमबार र मंगलबार दुई घन्टा नेपाली भाषा पढाउँछन्। बाँकी पाँच दिन चिनियाँ विद्यार्थी घुम्ने र नेपाली भाषा बोलचाल सिक्ने तथा अभ्यास गर्ने गर्छन्।
पण्डितले ३७ वर्षदेखि विदेशीलाई नेपाली भाषा पढाइरहेका छन्। विदेशीलाई आफनो मातृभाषा नेपाली पढाउन तालिम लिएका उनीसँग ब्रिटिश, जापानिज, जर्मन र युयान भोलुन्टर्स, विभिन्न एम्बेसीका कूटनीतिक, चिनियाँ राजदूतावासका कन्सुलर, कूटनीतिक नियोगका कर्मचारीलाई भाषा पढाएको अनुभव छ। चिनिया विद्यार्थीलाई पढाउँदा उनीहरुमा उच्चारणमा केहि समस्या भएपनि बडो उत्साहका साथ पढिरहेको उनी बताउँछन् ।
अधिकांशलाई नेपाली भाषा रोचक लागे पनि केहीलाई सिक्न गाह्रो भइरहेको चीनबाट आएका विद्यार्थी बताउँछन्।अहिले १४ जना चिनियाँ विद्यार्थी नेपाली भाषा पढिरहेका छन्। अघिल्लो वर्ष नेपाली भाषा पढ्न आउने चिनियाँ विद्यार्थीको संख्या १९ थियो। यो वर्ष कम भए पनि आउँदो वर्ष यो संख्या ५० जनासम्म पु¥याउने लक्ष्य रहेको काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले जनाएको छ ।
भिडियोमा हेरौ










