भक्का कस्को र कस्तो परिकार ? भिडियोमा हेरौ)

दमक/
बिहानको समय । फुरुरुरु हुस्सु चलिरहेको छ । हुस्सु कम कम भएपनि चिसो हावा चलिरहेको छ । बिभिन्न काम र व्यस्ताताले गर्दा घर बाहिर निस्कनै पर्ने बाध्यता पनि छ । यस्तो शरिर ढाक्ने पुरै कपडा लगाइएपनि त्यसले बाहरी छालालाई मात्रै केहि न्यानो पारिरहेको हुन्छ । भित्र भित्रै जाडोले कठ्यांग्री रहेको हुन्छ । चिसो भएर हातले केहि समाउनै नसक्ने स्थिती बनाएको छ । यस्तो बेलामा हातमा केहि तातो खाने कुराको परिकार परेपछि जो सुकैको रुचि को परिकार नहुने कुरै भएन । यो त्यहि परिकार हो भक्का ।

चामललाई मसीनो गरि पिधेर बनाइएको पिठोबाट यो परिकार बन्छ । साधरणतया यसमा केहि पनि मिसाउन समेत नपर्ने भएकोले एकै स्वादको भक्का सर्वत्र पाइन्छ ।

माटोको भाडामो पानी तताएर राखीन्छ । त्यसलाई खट खटी उमालीन्छ । जतिसक्दो धेरै बाफ आइरहने गरि त्यो पानी पकाइन्छ । पानी तताइएको भाडाको मुख पट्टि माटोको एटउटा फक्गेलो हुन्छ । जसको बिचमा भ्वाङ परिएको हुन्छ । त्यो भ्वाङबाट चाहि भाडाभित्रको उम्लेको पानीको बाफ मज्जासँग बाहिर आओस भन्न बनाइएको हो ।

त्यो भ्वाङलाई छोप्ने गरिको सानो कचौराले चामलको पीठो हालीन्छ । त्यसलाई अर्को कचौराले कम्तिमा २÷३ मिनेट राखीन्छ । त्यसपछि पानीको बाफैले त्यो खान तयार भक्का बन्छ ।

यसरी तयार भएको भक्का कसैले नुन खुर्सानीसँग , कसैले, अचार त कसैले, चिया अनी दुध तथा आ आफ्नो स्वाद अनुसार खाने गर्छन ।

बिहान ३ देखी ४ बजे सम्ममा भक्का बेच्नेहरु सडकको किनारमा आएर बसी सक्छन् । बिहानको बढिमा १० बजे सम्ममा उनीहरुले पिसाएर ल्याएको पिठो सक्छन । यत्तीञ्जेलमा उनीहरुले ३ हजार रुपैँया सम्मको व्यापार गर्ने गर्छन ।
पछिल्लो समय भक्कालाई राजबंशी समुदायले आफ्नो जातीय ब्राण्ड रहेको भनेर प्रचार गर्न थालेको छ । त्यसैले केहि वर्षयता भक्का सम्बन्धीको दिवसनै बनाएर झापामा भव्य कार्यक्रम गरि मनाउन थालीएको छ ।

भक्का कसरी खान थालीयो ? के यो भक्का राजवंशीको जातीय परिकार हो ? लगायत बारेमा हामीले यस सम्बन्धीका जानकार झापा कमल स्थित लखनपुरका नित्यानन्द ताजपुरीया भन्नु हुन्छ ‘भक्का नेपालको पूर्वि तराईमा रहेका मुल बासीको परिकार हो । ’ यो कुनै एक जाती विषेश मात्रै नरहेको बताउँदै ताजपुरीया भन्नु हुन्छ ‘यहाँ रहेका राजबंशी, ताजपुरीया, गनगाई , मेचे सबैको परिकार हो । ’

चिसो मौसममा यसले शरिरमा तापक्रम प्रदान गर्ने भएकोले भक्का खान थालीएको उहाँले स्मरण गर्दै भन्नु भयो ‘ पहिला मंसिर, पुष र माघ तीन महिना निकै जाडो हुने गथ्र्यौ । त्यो बेला शरिरलाईलाई न्यानो पार्न सहजै बन्न सकिने र सबैले खान पनि सकिने भक्का बनाउन थालीएको हो । ’

रिपोर्ट र कुराकानी सहितको भिडियो हेरौ

https://youtu.be/HgJaU8-oh-M

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ