दमकमा विद्यार्थी केन्द्रित स्वास्थ्य शिविर, समस्या भएकालाई निशुल्क उपचार, कसरी छ सम्भव?(भिडियोमा हेरौ)

दमक/

पछिल्लो सयम बालबालिकाहरुका महत्वपूर्ण अङ्गहरुमा समस्या देखिन थालेको भन्दै झापाको दमक नगरपालिकाले चिन्ता देखाएको छ ।

 

पछिल्लो सयम विभिन्न ज्याजेडहरुको अत्याधिक प्रयोग, विषादीयूक्त खाना तथा खाजाको दैनिक प्रयोग अनी बढ्दो प्रदुषणका कारण बालबालिकाको आखा, नाक, कान , घाँटी तथा दाँतमा समस्या बढ्न थाल्यो । त्यसैले यस खाले शिविर हरेक सामुदायी विद्यालयमा गर्न सुरु गरिएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र भट्टराईले जानकारी दिनु भयो ।

 

दमक ३ मा रहेको ढुकुरपानी माद्यमिक विद्यालयमा पहिलो पटक यो प्रकारको संयूक्त शिविर आयोजना गरियो । बिहिबार यहाँ भएको शिविरमा यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले उल्लासमय तरीकाले सहभागीता जनाएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हिमालय दाहालले बताउनु भयो ।

 

यसरी शिविरमा आएर परिक्षण गराउने बालबालिकाहरुमा कुनै समस्या भएमा दमक नगरपालिकाले निशुल्क उपचार समेत गर्ने व्यवस्था मिलाएको दमक नगरपालीकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईको भनाई छ । यसकालागि नगरले बजेटमै राखेर सामुदायी विद्यालयमा अध्ययन गर्ने र नगरले आयोजना गरेको स्वास्थ्य शिविरमा परिक्षण गराउदा थप उपचार गर्नु परेमा पूर्ण सहयोग गर्न नगर तयार रहेको उहाँले उल्लेख गर्नु भयो ।

 

शिविरमा आम शान्त्ती डेण्टल हस्पिटल, दमक अस्पताल र बिर्ता आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । शिविरमा यहाँ विद्यार्थीले विभिन्न स्वास्थ्य परिक्षण गराएको विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

भिडियोमा हेरौ 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको