दमक/
स्काउट स्थानीय स्काउट परिषद दमकले निर्वाचित परिषदका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।
परिषदले आज दमक १ स्थित दुर्गा मन्दिर परिसरमा एक कार्यक्रमका बीच उनीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको हो । उनीहरुलाई दमक नगरपालिकाका प्रमुख तथा स्काउटका संरक्षक राम थापाले सपथ ग्रहण गराउनु भएको थियो । गत माघ २२ गते स्काउट मास्टर वीच भएको निर्वाचनवाट नेपाल स्काउट स्थानीय स्काउट परिषद दमकको आयुत्तमा साजन श्रेष्ठ चयन हुनु भएको छ । सदस्यहरु पुरुष तर्फ किरण बुढाथोकी, तनिसक थापा,प्रदिप खड्का र विपल लुहार रहेका छन् ।
यसै गरी महिलाहरुमा मुना बजगाई, विधा सुनुवार, रेविका पोखरेल,अदिति निरौला र आरती श्रेष्ठ रहेको स्थानीय स्काउट परिषद दमकको तदर्थ समितिका संयोजक तथा हिमालय मावि दमकका पूर्व प्रधानध्यापक ओम प्रसाद आचार्यले जानकारी दिनु भयो । कार्यक्रममा सुनुवार र खड्कालाई पदक प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख थापा,नेपाल स्काउट राष्ट्रिय तालिम दलका प्रशिक्षक सकुन्तला सुब्बा, किरण बुढाथोकी र सुनम सिग्देलले स्काउटको विषयमा धारण राखेको स्टाउट रेन्जर आकृति बस्नेतलेले जानकारी दिनु भयो । मुलुक संघीय संरचनामा प्रवेश गर्नु अघि सम्म जिल्ला स्तरीय स्काउट परिषद रहेको स्काउट मास्टरहरु बताउनछन् । तीन तहको सरकार बनेपछि अहिले प्रत्येक पालिकामा रहेका स्काउट मास्टरवाट नेतृत्व चयन गरी स्काउट स्थानीय स्काउट परिषद गठन भएको बताइएको छ ।
भिडियोमा हेरौ










