दमक/
अहिले इन्टरनेटको यूग हो । हरेक तहका मानीसहरुले कुनै न कुनै ग्याजेट प्रयोग गरिनै रहेका हुन्छन । पछिल्लो समयका बालबालिकाहरु निकै तिक्ष्ण, जिज्ञासु र खोजी गर्न सिपालु पनि भएका हुन्छन । तर उनीहरुको त्यो खोज, त्यो जिज्ञासाहरु पुरा गर्ने ठाउँ माद्यम चाहि इन्टरनेट नै हो । उनीहरु मोवाईलबाट होस वा ल्यापटप अथवा डेस्कटप । कुनै पनि प्रकारको ग्याजेटको उनीहरु प्रयोगकर्ता हुन्छन । यसबाट उनीहरुले धेरै कुरा सिक्न त सक्छन् नै तर यसले उनीहरुको आँखा उत्तीकै मात्रामा असर पनि पुर्याइरहेको हुन्छ । मोवाइल, ल्यापटप, कम्प्युटरमा तल्लिन हुन्छन्। भिडियो गेम, मोबाइल तथा कम्प्युटर लगायतका आधुनिक ग्याजेटको प्रयोगका कारण बालबालिका आँखा बिग्रने सम्भावना धेरै हुने गर्दछ। त्यसैले आँखाका बिशेषज्ञहरु भन्छन् बच्चाहरूको आँखा प्रत्येक वर्ष जाँच गर्नुपर्दछ । नर्सरी क्लासमा पढ्दादेखि नै आँखाको भिजन चेक गर्न उनीहरुको सुझाव छ ।
यस्तै अर्को संवेदनशिल अंग हो दाँत । पछिल्लो समय बालबालिकामा दाँतको समस्या धेरै देखिन थालेको छ। बालबालिकाको दाँतमा अभिभावकले खासै चासो देखाएको पाइँदैन । जंक फुड, चकलेट, चाउचाउले बच्चाको दाँतमा समस्या देखिएको छ । दाँत माझ्ने कुरामासमेत अभिभावक र शिक्षकले खासै ध्यान दिएको हुन्न। अहिले सर्वे गर्ने हो भने १० मा झण्डै ९ जना बालबालिकाको दाँत किराले खाने समस्या देखिने गरेको दन्त रोग विषेशज्ञको भनाई छ ।
यसरी विद्यालय जाने उमेर भएका बालबालिकाहरुको आँखा र दाँतको सुरक्षामा विषेश ध्यान दिनु पर्ने यसका बिज्ञहरु बताउछन् । यही कुराको मद्यजनजर गरेर झापाको कमल ५ मा रहेको स्मारीका सामुदायीक अग्रेजी माद्यमिक विद्यालयले आफ्नो विद्यालयमा पढ्ने बालबालिकाहरुको दाँत र आँखाको स्थिती के रहेछ भन्ने बारेमा विषेशज्ञ सहित ल्याएर अध्ययन गरेको छ । एक दिन मात्रै भएपनि विद्यालयमा यी रोगको बारेमा स्वास्थ्य शिविर गर्ने र यसले दिएको प्रतिवेदनका आधारमा कुन विद्यार्थीलाई अव के र कस्तो उपचार गर्नु पर्ने रहेछ सोहि अनुसार अभिभावकसँग समेत समन्वय गरी विद्यार्थीहरुको आँखा र दाँतको सुरक्षा सम्बन्धीका कार्यक्रम गरिने विद्यालयले जनाएको छ ।
यस विद्यालयमा सम्पन्न भएको शिविरमा मेचि नेत्रालयले आँखा सम्बन्धीको परिक्षण गरेर प्राविधिक सहयोग गरेको थियो दाँतमा ओम शान्त्ती डेण्टल हस्पिटलले प्राविधिक सहयोग गरेको थियो । ओम शान्त्ती डेण्टलमा चाहि यस विद्यालयका विद्यार्थी तथा अभिभावकलाई २५ प्रतिशत सम्म उपचारमा छुछ दिने सम्झौता समेत रहेको हस्पिटलका व्यवस्थापक कमल गैरेले जानकारी दिनु भयो ।
भिडियोमा हेरौ










