महोत्सव अनुगमन : अधिंकाश खाद्य सामाग्रीमा खान नमिल्ने,(भिडियो सहित)

 

दमक/

दमक महोत्सव । जहा स्थनिय उत्पादनलाई प्रर्वधन गर्न भन्दै विभिन्न स्टल राखीएको छ । तर मेलाको ठेकेदारले ठेक्का भाडामा लगाएका खाद्यन्न सामाग्री बेच्ने स्टलहरुमा मानविय स्वास्थ्यमा असर पार्ने अखाद्य बस्तु मिसाएर बेचिरहेको भेटियो ।

यहाँ बेच्न भनेर राखीएको हरियो मटरमा मानव स्वास्थ्यमा हानी गर्ने केमिकल र रङ्ग मिसाएपछि अनुगमनमा पुगेको टोलीले जफत पनि गरिदियो । साथै महोत्सवमा अन्य खाद्य पसलहरुमा कैफियत भेटियो । कतिपय घरेलु खाद्य उत्पादन पनि महोत्सवमा बेच्न भनेर राखीएको थियो । तर ती सामाग्रीमा समेत उत्पादन मिति र त्यसको उपभोग गर्ने अन्तिम मिती टासीएको भेटिएन भने बिना दर्ता खाद्य सामाग्री उत्पादन गरिएका थीए । यसले मानव स्वास्थ्यमा असर पार्यो भने त्यसको जवाफ देहिको पहिचान समेत हुन नसक्ने भन्दै सतर्कता गराइएको थियो ।

दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईको नेतृत्वमा निस्कको अनुगमन टोलीले अर्को एउटा पनि कैफियत भेट्योे। त्यो थियो नेपाल सरकारलेनै बेच्न प्रतिबन्ध लगाइएको बस्तु । कटन क्याण्डी । मानवीय अस्वथ्य सामाग्रीको मिसावट गरी बालबालिकाको स्वास्थ्यमा गम्भिर समस्या देखाउने भएपछि त्यसको बिक्रि वितरणकालागि नगरपालिका समेतले पूर्ण प्रतिबन्ध लगाएको छ । तर यही नगरपालिकाको संरक्षणमा लागीरहेको दमक महोत्सवमा खुल्लाम खुल्ला बिक्रि भइरहेको थियो । महोत्सव स्थल छेउमै यसको उत्पादन गर्ने मेसिन राखेर प्याकेजीङ गरिरहेको ठाउँमा दमक नगरपालिकाको अनुगमन टोली पुग्यो र त्यसको जफत गर्यो ।

खास गरी खाद्य सामाग्रीमा अखाद्य बस्तुको मिसावट गरेर बिक्रि गर्नेहरु बढेपछि त्यसको नियन्त्रण गर्न दमक नगरपालिकाको अनुगमन समिती अग्रसर भएर लागी परेको छ । यहि क्रममा दमक ७ मा रहेको सिदार्थ बोर्डीङको क्यानिटनमा समेत के पाक्छ र कसरी पाक्छ भनेर छड्को अनुगमन गर्यो । यहाँको क्याण्टिनमा समेत कैफियत भेटिएको अनुगमन समितीले जनाएको छ ।

यसपछि अर्को विद्यालयमा पनि यो टोली पुग्यो । खास गरेर सरस्वती पुजाको पूर्वसन्ध्यामा गरिएको यो अनुगमनले प्रसादकालागी भनेर विद्यालयमै पकाइने बुनियाहरु कसरी पकाइन्छ ? भन्नेबारेमा पनि निरिक्षण गरेको थियो । यहि क्रममा दमक ६ मा रहेको ग्लोवल एजुकेशन एकेडेमीमा समेत टोली पुगेको थियो । यहाँ क्याटिनको भित्तामा रङ्ग लगाउने लगाययत बारेमा सुझाव दिएर अनुगमन टोली फर्कियो ।

यहाँबाट फर्केपछि दमक ८ स्थित पूर्व पश्चिम राजमार्गको छेउमै रहेको यावा रेष्टुरेण्ट एण्ड सेकुवा कर्नमा पुग्यो । यहाँ बाटाको छेउमै मासु पोलेको, कुखुराको खोर राखेको तथा यहाँ मम उत्पादन गरेर बाहिर समेत बिक्रिका लागी पठाइदा त्यसमा कुनैपनि लेवलीङ नगरिएको लगायत कैफियत भेटिएको थियो ।

यसपछि यही ट्याक्सी स्टेण्डमा रहेका केहि माछा पसलहरुको पनि अनुगमन भयो । सो अनुगमनमा यहाँ प्रतिबन्धीत माछा ल्याएर बेचेको तथा बिना दर्ता लामो समय देखी माछा बिक्रि विरतण गरिरहेको लगायत कैफियत भेटिएको थियो । साथै खुल्लाम खुल्ला बाटोको किनारमा माछा काटेर बेच्दा त्यसबाट निस्कने फोहोर पानी सडककै किनारमा जम्मा गराउदा थप दुर्घध्न समेत भेटिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल