दमक/
दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले अटिजम रोग हो भनेर नबस्न आग्रह गर्नु भएको छ । उहाँले यो एउटा शारिरिक अवस्था रहेको र यसको निरन्तर उपचार गरेमा निको समेत हुन सक्ने उल्लेख गर्नु भयो ।
आज दमकमा खुलेको धैर्य चाईल्ड डेभ्लोप्मेण्टको उद्धघाटन गर्दै उहाँले आफ्ना छोराछोरी अटिजम भए भनेर चिन्ता लीदै र यसलाई अभिशाप सम्झदै नबस्न पनि अनुरोध गर्नु भएको छ ।
मानीसहरुको शारीरिक बृद्धि विकासमा हुने प्रकृया र त्यसको विस्तारको अवस्थामा मात्रै फरक परेकोले अटिजम भएका बालबालिकाहरुलाई निरन्तर चिकित्सकको निगरानी अझ खासगरी यस सम्बन्धी थेरापी गराइरहन उहाँको सुझाव छ ।
दमकमा अटिजम भएका विद्यार्थीहरुलाई पढाउन प्रदेश स्तरको अध्ययन केन्द्र सरस्वती मावीमा सुरु भएको र त्यसमा आवश्यक पर्ने अभावलाई समेत नगरपालिकाको तर्फबाट पुरा गर्दै अघी बढ्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।
नेपालमा ३ करोड जनसंख्यामा ३ लाख जनामा अटिजमको अवस्था देखिन थालेकोले यो राष्ट्रिय चिन्ताको विषय रहेकोले यसलाई न्यूनिकरण गर्न केके गर्न सकिन्छ र भएकाहरुलाई सहज उपचारको प्रबन्ध गर्न आफुहरु अग्रसर भएर लागी पर्ने पनि उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
दमकका रबिनसन रिजालले २५ लाख लगानीमा यो चाइल्ड डेभ्लोप्मेण्ट खोल्नु भएको हो । अटिजम भएका बालबालिकाहरुलाई, स्पीच थेरापी, अकुपेसनल थेरापी, एबिए, अभिभावक अभीमुखीकरण, फिजियो थेरापी समेत गराउने सुविधा यहाँ उपलब्ध हुने रिजालले जानकारी दिनु भयो । यहाँ भारतका यही प्रकृतीका अस्पतालहरुमा काम गरीरहेका दुईजना अनुभवी र विषेशज्ञ थेरापीस्टहरु राखीएकोले सेवा गुणस्तरीय हुने उहाँको दावी छ ।
भिडियोमा हेरौ









