मिनभवन कलेजका प्राध्यापकको हत्यामा संलग्न आरोपि १६ वर्ष पछि पक्राउ

मिनभवन कलेजका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा १६ वर्षपछि एक महिला पक्राउ परेकी छिन् ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४१ वर्षीय सविता थापा अधिकारीलाई पक्राउ गरेको छ । उनी योजनाकार भएको दाबी गर्दै प्रतिवादी बनाइएपनि पक्राउ पर्न सकेकी थिइनन् ।

 

२०६४ असार २६ गते विष्ट ललितपुरको शंखमुलमा घाइते अवस्थामा भेटिएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो । सविताका भाइ विनोद थापासहितको समूहले विष्टलाई निर्घात कुटपिट गरी घाइते बनाएको थियो । विनोद १० वर्ष जेल बसेर गत वर्ष मात्र छुटेका थिए ।

 

ललितपुरमा परिवारसहित बस्दै आएकी सविता भने प्रहरीको नजरमा परेकी थिइनन् । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार सविता विष्टकै विधार्थी थिइन् ।

उनी मिनभवनमा भर्ना भएपनि कक्षा लिन भने पाटन क्याम्पस जाने गर्थिन । स्नातक तहको थेसिस बुजाउन जाँदा विष्टले जिस्काएको भन्दै सविताले भाई विनोदलाई बताएपछि शंखमुलमा ढुकेर उनीमाथी कुटपिट भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सकियो ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ । झापा साइक्लिङ

बालेनको ‘ठूलो खेल’ : सरकार बनाउँदै संविधान नै फेरिने संकेत ?

काठमाडौं,३ चैत। ‘दुई तिहाइमा दुई सिट कम’ बहुमतको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी—अब बालेन्द्र शाह नेतृत्वमा सरकार बनाउने तयारीमा छ। तर प्रश्न उठेको छ—यो सरकार

जेनजी आन्दोलनको क्षति : ऐतिहासिक भवन पुनर्निर्माण अन्योलमा

काठमाडौं,३ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमल स्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित

उदयपुरमा हुरी : दुईको मृत्यु, छ जना घाइते

उदयपुर,३ चैत। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

नेपालमा जर्मन प्रविधि लगानीका सम्भावना विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं,३ चैत ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल

“मधेश प्रदेश सरकारका १०० दिन:मुख्यमन्त्री यादवले ५१ प्रमुख कामहरु सार्वजनिक”

जनकपुर,३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराउनु