साहाराको घरमा उज्यालो छर्ने दुई फरक कार्यक्रम (भिडियोमा हेरौ)

चितवन/
साहराको घर । नाम सुन्दैपनि थाह हुन्छ यहँ आफन्तबाट साहारा नपाएकाहरु बस्छन् भनेर । हो यहाँ घर परिवार बिहिन , परिवारबाट निकालाीएकाहरुनै बस्छन । उनीहरुलाई माया, सस्कार अनी शिक्षा सहित साहारा दिएर राख्ने घर नै साहाराको घर हो ।

खास गरी बालिकाहरुको साहारा बनेको यो घरमा बस्ने हरेक छोरीहरुमा सम्भावना भीत्रको खोजी गर्ने गरिएको छ ।

कुसुम साहारा(सस्थापक अध्यक्ष,)का अनुसार यो सस्था २०६९ सालमा सुरुवात भएको हो । यसले छोरीहरुको उद्धार, संरक्षण र उनीहरुको पारीवारीक पुःनमिलनको काम गरीरहेको छ । जसको कोहि छैन त्यसकालागी साहारा भन्ने नाराका साथ यो सस्था स्थापना गरिएको हो ।

यसरी छोरीहरुको संरक्षण गरीरहेको पुण्डय कर्मबारे थाह पाएपछि एच डि एन पि नेपालले पनि यहाँ केहि सहायताको काम गरेर ती बालीकाहरुको साहारा बन्ने सोच बनायो । सो सोच अनुसार यहाँ रहेका सबै छोरीहरुकालागी नयाँ शैक्षिक सत्रमा चाहिने शैक्षिक सामाग्री उपलब्ध गराउने र केहि एल इ डि बल्ब दिएर उज्यालो साहारा घर बनाउने योजना बनायो । यसलाई सार्थकता दिन वर्ष २०८१ प्हिलो दिननै एच डि एन नेपालका टिमहरु साहाराको घरमा पुगे । यसका नेपाल संयोजक मिलन आचार्य भन्नु हुन्छ ‘ यो सस्थाले सन् २०१२ देखी अमेरीका लगायत विस्वका धेरै धेर देशहरुमा यस्तै सहायताको काम गर्दै आएको छ । ’ यहाँ गरीएको सहयोगले साहाराको घरमा बस्ने छोरीहरुको भविष्यमा पक्कैपनि केहि न केहि मद्यत पुग्छ भन्ने विस्वास गरीएको आचार्यले बताउनु भयो ।

यहाँ अहिले घरबिहिन भएका, घरबाट माया नपाएका, घरबाट निकालीएका लगायत बिभिन्न कारणले पारीवारीक साहारा नपाएका १६ जना छोरीहरु बसीरहेका छन् । उनीहरु सबैलाई यहाँ रहेका बिभिन्न निजी विद्यालयहरुमा अध्यापन गराइरहिएको छ ।

 

सबैजना निकै मिहनत गरी क्षमता अनुसारको पढाई गरीरहेको अध्यक्ष कुसुमले बताउनु भयो । उनीहरुको शिक्षा, स्वास्थ्य, खाना, तथा अन्य सम्पूणर् जीम्मेवारीहरु बिभिन्न सघं सस्था, व्यक्तिहरुको सहयोगबाटै सम्भव भइरहेको उहाँले बताउनु भयो ।यो अभियानमा जोडीएर साहाराको सहयात्री बनेकोमा एच डि एन पि परिवारलाई धन्यवाद व्यक्त गर्दै कुसुमले भन्नु भयो ‘यहाँ प्रदा न गरीएका सामाग्रीले यी छोरीहरुको पढाई र यहाँको बसाईमा सहज हुने छ । ’

 

एच डि एन पि ले यहाँ ५० थान एल इ डि बल्ब र १६ जनालाई बिभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरेको थियो ।

भिडियोमा हेरौ

साहाराको घरमा उज्यालो छर्ने दुई फरक कार्यक्रम (youtube.com)

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,