चीचबाट स्वरोजगार

इलाममा चीज उद्योग फस्टाउँदै, उद्यमी बढेसँगै गाउँमै रोजगार पनि खुल्यो

इलाम/

इलाममा गाईको दूध प्रशोधन गरि चीज उत्पादन गर्ने उद्योग स्थापना भएसँगै रोजगारीका अवसर पनि बढेका छन् । नेपाली बजारमै चीजको अधिक मागले उद्योग स्थापना बढेसँगै इलाममा एक चीज उद्योगमा तीन जनादेखि १० जनासम्म युवाले रोजगारीका पाएका हुन् ।

 

इलामको सन्दकपूर गाउँपालिका ३ को सेर्पा डेरी उद्योगमा अहिले ५ जनाले रोजगारी पाएका छन् । स्वरोजगार भइ परिवार चलाउने उदेश्यले चीज उद्योग स्थापना गरेका रिञ्जि सेर्पाले अहिले स्थानीय ५ जनालाई रोजगारी दिएका हुन् । दुग्ध विकास संस्थानको जागिर छोडी खोलेको चीज उद्योगमा उत्पादित दुग्ध पदार्थको माग बढेपछिको उद्योग विस्तारले रोजगारीका अवसर थपिएका छन् । ७० लिटर दूधबाट चीज उत्पादन शुरु गरेको सेर्पा डेरीमा अहिले पन्ध्र सय लिटर गाईको दूध प्रशोधन हुन्छ ।

 

रसुवाबाट रोजगारीका लागि इलाम आएका तुलु तामाङले स्थापना गरेको चीज उद्योगमा अहिले ८ जनाले काम गर्छन् । २०६० सालमा दैनिक २० लिटर दूध संकलनबाट चीज बनाएका तामाङको उद्योगमा अहिले सोह्र सय लिटर दूध प्रशोधन हुन्छ ।

लक्की डेरीमा उत्पादित चीजको माग बढेसँगै रोजगारीका अवसर पनि थपिएका छन् । पूर्वी नेपालमा व्यवसायीक गाई पालनमा प्रसिद्ध इलाममा चीज बनाउने उद्योग स्थापना भएपछि रोजगारीका अवसर थपिएका हुन् । २ दशक अघि सरकारी स्वामित्वमा मात्रै चीज उद्योग रहेको इलाममा अहिले निजी लगानीका उद्योग स्थापना हुने क्रम बढेको सेर्पा डेरी उद्योगका संचालक रिञ्जि सेर्पाले बताउनु भयो ।

चीजका परिकारमा रमाउने नेपालीको संख्या बढेसँगै आन्तरीक बजारमा पनी चीजको खपत बढ्दो छ । चीजको प्रयोग र माग बढेपछि इलाममा नीजि क्षेत्रका उद्योगको संख्या १० पुगेको छ । चीज उद्योगमा तीन जनादेखि १० जनासम्म युवाले रोजगारीका पाएका छन् ।

चीज उद्योगको क्षमता विस्तारले रोजगारीका अवसर थपिँदै गएको हो । इलाममा सरकारी र नीजि गरि १६ वटा चीज उद्योग छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ