छुट्टाछुट्टै सवारी दुर्घटना

सवारी दुर्घटनामा चार जनाको मृत्यु

 

 

झापा  काठमाडौं, सिन्धुली, सिराहा र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

काठमाडौंको पिङ्गलास्थानमा सोमबार साँझ बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको आज मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तीनगर बस्ने दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेकी छिन् । गौशालाबाट एयरपोर्टतर्फ तीव्र गतिमा जाँदै गरेको बा ५ ख १५३८ नम्बरको यात्रु बसले बाग्मती प्रदेश–०२–०२१ प १९३५ नम्बरको स्कुटरलाई हिजो साँझ सवा छ बजे ठक्कर दिएको थियो ।

सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ५ बजे कार्कीको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना पश्चात फरार रहेका बस चालकको खोजी भइरहेको छ । सिन्धुलीको दुधौली नगरपालिका–७ डम्बरखाडीमा सोमबार साँझ स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

कटारीबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ८१५४ नम्बरको स्कुटर र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१– ००१ प ५२०७ नम्बरको मोटरसाइकल हिजो साँझ छ बजे आपसमा ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार दुधौली नगरपालिका–७ कत्ले खोलाका ५५ वर्षीय वीर बहादुर मगरको मृत्यु भएको हो । उपचारको लागि विराटनगर लैजाने क्रममा मगरको बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको सिन्धुली प्रहरीले जनाएको छ । सिराहाको धनगढीमाई नगरपालिका–११ मा सोमबार साँझ सवारी साधनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

नम्बर नखुलेको सवारी साधनले स २ प ९९४४ नम्बरको मोटरसाइकललाई हिजो साँझ छ बजे ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिराहाकै मिर्चैया नगरपालिका–७ का ३२ वर्षीय मोहमद समिनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिएर सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धनगढीमाईले जनाएको छ । यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–१५ आरालाइनमा सोमबार साँझ ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका २ का ४२ वर्षीय राजेश सिजापती रहेका छन् । सिजापतीले चलाएको बा ५८ प ८३२८ नम्बरको मोटरसाइकल सडक छेउमा रोकिराखेको ना ७ ख ११५८ नम्बरको ट्रकमा हिजो साँझ साढे ६ बजे ठोकिएको थियो ।

धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको हिजो बेलुकी सात बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ