उर्लाबारी/मोरङको उर्लाबारीमा ट्रिपरको ठक्करबाट एकजना महिलाको मृत्यू भएको छ । मृत्यू हुनेमा उर्लाबारी वडा नम्बर ६ की करिब २८ बर्षकि सिता बोहोराको रहेको उर्लाबारी प्रहरीले जनाएको छ । उनको घटना स्थलमै मृत्यू भएको थियो ।
सोमबार साँझ करिव ६ ः४० बजे उर्लाबारी-मधुमल्ला सडक खण्डअन्तर्गत उर्लाबारी वडा नम्बर ६ स्थित सिसौली चोकमा ट्रिपरले ठक्कर दिदा स्कुटरमा सवार ती महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।
सो घटनामा परि स्कुटरमा सवार बोहोराको छोरा समेत घाईते बनेका छन् । उनको टाउकोमा चोट देखिएपछि विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको लागि पठाइएको छ ।
यता आक्रोशीत बनेको बोहोराको आफन्त र स्थानियहरुले ईलाका प्रहरी कार्यालय उर्लाबारीमा घेराउ गरिरहेका छन् । अहिले उनीहरुले पुर्वपश्चिम राजमार्गमा आवतजावत ठप्प पारेर आन्दोलन गरिरहेका छन् ।
यस्तै स्कुटरलाई ठक्कर दिएर फरार हुन खोजेको ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।









