दिपेन्द्रको दमक यात्रा

कृकेटर दिपेन्द्र सिंह ऐरी दमक आउँदै, केके छ तालीका ?

दमक/ नेपाली कृकेटर दिपेन्द्र सिंह ऐरी दमक आउने भएका छन् ।
यहाँ रहेको ग्रेस इन्टरनेशनल कन्सलटेन्सीले उनलाई यहाँ ल्याउन लागेको हो ।

ग्रेस दमकका सञ्चालक दिनेश जंघ खड्काका अनुसार बिहिबार दमक ९ स्थित कन्सलटेन्सीकै कार्यालयमा आएका विद्यार्थीहरुग ऐरीले आफ्नो सफलता तथा संघर्षको अनुभव साट्ने छन् ।

यूवाहरुलाई थप उर्जा प्रदान गर्ने र जीवनमा कसरी आफ्नो लक्ष्यमा पुग्ने भन्नेबारेमा उनले आफ्नो अनुभव विद्यार्थीहरु माझ साट्ने छन् । ग्रेसमा आएका विद्यार्थीहरुग उनले जीवन, संघर्ष र सफलताको बारेमा अन्तरकृया समेत गर्ने छन् ।

साथै उनलाई लिएर ग्रेसले दमक ४ स्थित आस्था कलेजमा समेत जाने भएको छ । त्यहाँका विद्याथीमाझ खुल्ला हाजीरीजवाफ प्रतियोगीता पनि हुने छ । त्यो हाजीरीजवाफको सहि जवाफ दिने जतीलाई ऐरीको हस्ताक्षर अंकीत कृकेट ब्याट पुरस्कार स्वरुप प्रदान गर्ने तयारी रहेको खड्काले जानकारी दिए ।

खड्काका अनुसार झापा जिल्ला स्तरीय हिसान कप कृकेट प्रतियोगीताको बिजेतालाई ऐरी मार्फतनै प्रमाणपत्र समेत प्रदान गरिदै छ । साथै आस्था कलेजमा रहेको कृकेट टिमलाई एक सेट जर्सी समेत प्रदान गरिने जनाइएको छ ।

यसै गरी कृकेटर ऐरी मार्फतनै दमकमा रहेको प्याट्रोटिक कृकेट ट्रेनिक सेन्टर (पिसिटिसि) दमकलाई समेत जर्सी प्रदान गरिने छ ।

खास गरी यूवा तथा विद्यार्थी लक्षीत भेटघाटकालागी उनी दमक आउन लागेका हुन । विदेश पढ्न जान चाहनेलाई ध्यान दिनु पर्ने कुराहरुका बारेमा समेत उनले जानकारी गराउने छन् ।

ग्रेस वैदेशिक अध्ययनकालागी काम गर्ने देशकै अग्रणी सस्था मध्येको एक हो । ऐरी यसको ब्राण्ड एम्वेस्टर समेत भएकोले ग्रेसकै आयोजना तथा व्यवस्थापनमा दमक आउन लागेका हुन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,