तन विदेशमा मन नेपालमा

मलेसिमयाका व्यवसायी आङ्गदेम्बेद्धारा बृद्धाआश्रममा ‘मिठो भोजन’

दमक/ नाम कृष्ण आङदेम्वे । स्थाई घर पाँचथरको साविक आङसाराङ ५ मुसेटार । हाल फाल्गुनन्द गाउँपालिका वडा नं ७ । तर अहिले चाहि मलेसियाको क्वालालम्पुर स्थित कोताराया ।

सन् १९९५ सालमा मलेसिया पुग्नु भएका आङदेम्बेले त्यहाँ सुरुमा मजदुरी गर्नु भयो । पछि नेपालीहरु मलेसिया जान थालेपछि भने आफ्नै कम्पनी स्थापना गरेर व्यवसायन गर्न थाल्नु भयो ।

विदेशमा बसेर व्यवसाय गरेपनि आफ्नो खुसी र उमङ्गको पलमा चाहि उहाँलाई आफ्नै ठाउँको याद आउँछ । यस अघीपनि बिभिन्न सामाजीक काम गर्दै आउनु भएका आङ्गदेम्वेले शनिबार आफ्नो ५३ औ जन्मदिनको अवसरमा बृद्धा आश्रममा ‘मिठो भोजन’ गराउनु भयो ।

उहाँ मार्फत दमक ४ मा रहेको रत्न बृद्धा आश्रममा रहेकाहरुलाई एकछाक भएपनि मिठो भोजन कार्यक्रम सम्पनन भएको छ ।

उहाँले मलेसियामा बसेर गरेको कल्पनालाई सार्थकता दिने काम चाहि दमकमा रहेको आशाको दियो नेपाल नामक सस्थाले गर्यो ।

सस्थाका सदस्य रेवत भण्डारी भन्नु हुन्छ ‘हामीले फजुल खर्च कटाएर यस्ता सामाजीक र पुण्ड्य कर्म गर्नुपर्छ भन्ने अभियाननै चलाइरहेको छौ । सोहि अभियान अन्तर्गत मलेसियामा रहनु भएका कृष्ण आङदेम्बे पनि जोडीनु भयो र उहाँको जन्मदिनको अवसरमा बृद्धाआश्रममा खाना खुवाउने काम सम्पन्न भयो ।’

 

कसैको जन्मदिन होस वा वैवाहिक वर्षगाठको उत्सव । खुसी साटन् ठुला ठुला होटलमा बसेर सिमित साथीहरुसग खर्च गरेर पाइने आनन्द भन्दा यस्ता आश्रममा गएर एक छाक मिठो खाना खुवाईयो भने त्यसबाट प्राप्त हुने आनन्द त्यो भव्य पार्टि गर्दा भन्दा ज्यादा पाउन सकिन्छ । त्यसैलेपनि आश्रममा अचेल यसरी सहयोग गर्नेहरु आइनै रहनु हुन्छ । यसकी सञ्चालीका रीता सुनुवार भन्नु हुन्छ ‘हाम्रो स्थाई आम्दानीको श्रोत केहि छैन । यस्तै दाताहरुको सहयोग र सुवेच्छाबाट नै हामीले आश्रम चालाइरहेका छौ ।’

एक छाक मिठो खाना खुवाउने भन्ने कार्यक्रम भएनि आङदेम्बेले पठाउनु भएको सहयोगबाट रकम बचेको र त्यो बचेको रकमले अन्य केहि दिनलाई समेत पुग्ने गरीका रासनका सामाग्री पनि वितरण गरीएको आयोजक सस्था आशाको दियो नेपालकी सदस्य सरीता न्यौपानेले जानकारी दिनु भयो ।

एकबोरा चामल , दाल, आलु, नुन, तेल तथा अन्य खाद्य सामाग्री समेत प्रदान गरिएको उहाँले बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेनले संसद् सचिवालयमा बुझाए आँखाको स्वास्थ्य रिपोर्ट

काठमाडौँ,९ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाउनु भएको छ ।स्वास्थ्यमा देखिएको समस्याका

सिरहामा खोला किनारमा मृत भेटिएकी वृद्धाको पहिचान खुल्यो

सिरहा,९ भदौ । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको पुल नजिकै फेला परेको शवको पहिचान खुलेको छ । मृतक नरहा गाउँपालिका–३ खोरियाकी अन्दाजी ६५ वर्षीया

सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने

काठमाडौं,९ भदौ । सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको भदौ ८

रोहिङ्ग्या समस्या समाधानमा जुट्न विश्व समुदायलाई गुटेरेसको आग्रह

काठमाडौं,९ भदौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन २०१७ मा म्यान्मारमा रोहिङ्ग्या समुदाय माथि भएको हिंसात्मक घटनाको करिब एक दशकपछि रोहिङ्ग्या संकटप्रति विश्व समुदायको

सिरहाको गागन खोलामा युवती मृत फेला

सिरहा,९ भदौ । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको पुल नजिकै एक युवतीको शव फेला परेको छ ।स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

१५० दिनमै बालेनको साख गिर्दो : भारतीय मिडिया इण्डिया टुडेको टिप्पणी

काठमाण्डौँ, ९ भदौ। भारतीय मिडिया इन्डिया टुडेका पत्रकार आनन्द सिंहले सोमबार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को डाउनफल सुरु भएको समाचार बनाउनु भएको छ । सरकार बनेको