तन विदेशमा मन नेपालमा

मलेसिमयाका व्यवसायी आङ्गदेम्बेद्धारा बृद्धाआश्रममा ‘मिठो भोजन’

दमक/ नाम कृष्ण आङदेम्वे । स्थाई घर पाँचथरको साविक आङसाराङ ५ मुसेटार । हाल फाल्गुनन्द गाउँपालिका वडा नं ७ । तर अहिले चाहि मलेसियाको क्वालालम्पुर स्थित कोताराया ।

सन् १९९५ सालमा मलेसिया पुग्नु भएका आङदेम्बेले त्यहाँ सुरुमा मजदुरी गर्नु भयो । पछि नेपालीहरु मलेसिया जान थालेपछि भने आफ्नै कम्पनी स्थापना गरेर व्यवसायन गर्न थाल्नु भयो ।

विदेशमा बसेर व्यवसाय गरेपनि आफ्नो खुसी र उमङ्गको पलमा चाहि उहाँलाई आफ्नै ठाउँको याद आउँछ । यस अघीपनि बिभिन्न सामाजीक काम गर्दै आउनु भएका आङ्गदेम्वेले शनिबार आफ्नो ५३ औ जन्मदिनको अवसरमा बृद्धा आश्रममा ‘मिठो भोजन’ गराउनु भयो ।

उहाँ मार्फत दमक ४ मा रहेको रत्न बृद्धा आश्रममा रहेकाहरुलाई एकछाक भएपनि मिठो भोजन कार्यक्रम सम्पनन भएको छ ।

उहाँले मलेसियामा बसेर गरेको कल्पनालाई सार्थकता दिने काम चाहि दमकमा रहेको आशाको दियो नेपाल नामक सस्थाले गर्यो ।

सस्थाका सदस्य रेवत भण्डारी भन्नु हुन्छ ‘हामीले फजुल खर्च कटाएर यस्ता सामाजीक र पुण्ड्य कर्म गर्नुपर्छ भन्ने अभियाननै चलाइरहेको छौ । सोहि अभियान अन्तर्गत मलेसियामा रहनु भएका कृष्ण आङदेम्बे पनि जोडीनु भयो र उहाँको जन्मदिनको अवसरमा बृद्धाआश्रममा खाना खुवाउने काम सम्पन्न भयो ।’

 

कसैको जन्मदिन होस वा वैवाहिक वर्षगाठको उत्सव । खुसी साटन् ठुला ठुला होटलमा बसेर सिमित साथीहरुसग खर्च गरेर पाइने आनन्द भन्दा यस्ता आश्रममा गएर एक छाक मिठो खाना खुवाईयो भने त्यसबाट प्राप्त हुने आनन्द त्यो भव्य पार्टि गर्दा भन्दा ज्यादा पाउन सकिन्छ । त्यसैलेपनि आश्रममा अचेल यसरी सहयोग गर्नेहरु आइनै रहनु हुन्छ । यसकी सञ्चालीका रीता सुनुवार भन्नु हुन्छ ‘हाम्रो स्थाई आम्दानीको श्रोत केहि छैन । यस्तै दाताहरुको सहयोग र सुवेच्छाबाट नै हामीले आश्रम चालाइरहेका छौ ।’

एक छाक मिठो खाना खुवाउने भन्ने कार्यक्रम भएनि आङदेम्बेले पठाउनु भएको सहयोगबाट रकम बचेको र त्यो बचेको रकमले अन्य केहि दिनलाई समेत पुग्ने गरीका रासनका सामाग्री पनि वितरण गरीएको आयोजक सस्था आशाको दियो नेपालकी सदस्य सरीता न्यौपानेले जानकारी दिनु भयो ।

एकबोरा चामल , दाल, आलु, नुन, तेल तथा अन्य खाद्य सामाग्री समेत प्रदान गरिएको उहाँले बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले