बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने सुर्खेतमा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।नेपाल प्रहरीका अनुसार गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका–२, ३ तथा आरुघाट गाउँपालिका–९ स्थित नयाँपुलमा बाढीका कारण सडक अवरुद्ध भएको हो। सोतिदेखि मान्बु जाने पुल २०८३ असोज २५ गतेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ।

 

त्यस्तै, कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–७, औलिसेमा पहिरोका कारण कर्णाली राजमार्ग प्रभावित भएको छ। उक्त सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले विपद्का कारण प्रभावित सडकमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन तथा सावधानी अपनाउन आग्रह गरेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

छठघाटमा सुरक्षा कडा, महँगा गहना नलगाउन पर्सा प्रहरीको आग्रह

वीरगञ्ज,२९ कार्तीक । पर्सा प्रहरीले वीरगञ्ज लगायत जिल्लाका सम्पूर्ण छटघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । बर्दीधारी पुलिससँगै सादा पोशाकमा पनि प्रहरीले प्रहरी परिचालन गरिएको

अमेरिकामा १५ हजारभन्दा बढी हवाई उडान रद्द, १० लाख यात्रु प्रभावित

काठमाडौं ,२९ कार्तीक। अमेरिकामा देशव्यापी हवाई उडान रोकिएको घटनाको असर अझै सामान्य हुन सकेको छैन । चार घण्टासम्म देशभरका उडान रोकिएपछि उत्पन्न अवरोधका कारण हजारौं

कर्णालीद्वारा चितवनलाई १५४ रनको लक्ष्य

काठमाडौं,२९ कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ

दुर्घटनापछि ‘जलाकी’ को मुख्य भूमिकामै फर्किए सोनम तोप्देन

काठमाडौं,२९ कार्तीक । गायकबाट अभिनेतासम्मको यात्रा तय गरेका सोनम तोप्देनका लागि सिनेमा ‘जलाकी’ एउटा विशेष प्रोजेक्ट बनेको छ । दुर्घटनाका कारण बीचमै छाड्नुपरेको यही सिनेमामा

नेपाल–भारत सीमामा ड्युटीकै क्रममा भारतीय एसएसबी जवानको मृत्यु

दिघलबैंक ,२९ कात्तिक । नेपाल–भारत सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) का एक जवानको ड्युटीकै बेला मृत्यु भएको छ ।सशस्त्र सीमा बल (एसएसबी) का १२

छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्न प्रभु साहको माग

काठमाडौं ,२९ कार्तीक। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आस्थाको महान पर्व छठलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि अन्तर्राष्ट्रियकरण गर्नुको साटो अहिले क्षेत्रीय

एमाले प्रचार विभागका अनुसार मंसिर २ देखि राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठक

काठमाडौं,२९ कार्तीक । नेकपा (एमाले)ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ ।पार्टीले मंसिर २ र ३ गते