जंगली जनावरको आतंक

इलाममा जंगली जनावरको आक्रमणमा परेर घाइते

 

 

 

 

इलाम /

राति राति जंगली जनावरले घरमा पालेको पशु चौपाया मारेर खान थालेपछि इलामको उत्तरी क्षेत्रका किसान आतंकित भएका छन् । दिनैपिच्छे जंगली जनावरले खोरको बाख्रा मारेर खान थालेपछि स्थानीय आतंकित भएका हुन् । पशु चौपाया खाने मात्रै होइन, जंगली जनावरले मानिसलाई नै आक्रमण गर्न थालेको छ । दुई साताअघि इलामको माइजोगमाई गाउँपालिका-३ का दिलबहादुर विश्वकर्मा जंगली जनावरको आक्रमणमा परेर घाइते भएका थिए ।

दाइने पाखुरामा सामान्य चोट लागेको उनले स्थानीय स्वास्थ्य संस्थामा उपचार गराए । त्यसबेला माइजोगमाई-३ मानचोकमा जंगली जनावरले किसानले पालेको पाँच-६ वटा बाख्रा खाएको प्रहरी चौकी नामसालिङले जनाएको छ । केही दिनयता नामसालिङमा जंगली जनावरको आतंक मत्थर भएको छ । ‘कहिलेकाहीँ एकै दिन तीन-चारवटा बाख्रा मारेको भेटिन्थ्यो’, नामसालिङका कमल नेपालले भने, ‘अहिले त्यस्तो छैन ।’

अहिले इलाम नगरपालिकाको सुम्बेक, सन्दकपुर गाउँपालिकाको सुलुबुङ, जमुनालगायतको क्षेत्रमा जंगली जनावरको आतंक छ । दिनदिनै खोरमा पालेको बाख्रा मारेर खाने जंगली जनावर के हो भन्ने यकिन छैन । तर, कतिपयले भालुले आतंकम मच्चाएको भन्ने गरेका छन् भने कतिले चितुवाले बाख्रा मारेर खाएको अनुमान गर्ने गरेका छन् । शनिबारयता सुम्बेक र जमुनामा जंगली जनावरको आतंक मच्चाइरहेको छ । सुलुबुङका हरिबहादुर देवानको दुईवटा बाख्रा जंगली जनावरले खाएको छ । त्यस्तै भुवन नाछिरिङको एउटा, राजकुमार राईको एउटा, लीला कठेतको एउटा, प्रवीण नेपालको तीनवटा बाख्रा जंगली जनावरले मारेको छ । सोमबार राति मात्रै चेतनाथ ढकालको दुईवटा माउ बाख्रा र एउटा खसी जंगली जनावरले खाएको छ ।

त्यस्तै सन्दकपुर गाउँपालिकाकै जमुनामा समेत जंगली जनावरले आतंक मच्चाएको छ । जंगली जनावरले बाख्रा खाएर खोर नै रित्तो पार्ने अवस्था भएको जमुनाका भोजप्रसाद खतिवडाले बताए । खतिवडाले बच्चासहितको चितुवाको बथान नै गाउँ पसेर उपद्रो मच्चइरहेको बताए । जमुनाको हरिकृष्ण भण्डारी, देउमान गुरुङ, रुद्रबहादुर थामी, मनमाया दियाली, फुर्वा शेर्पा, मनोज तिवारी, तेजबहाुदर पाण्डे, तारामान गुरुङ, जर्गमान राईलगायतका किसानले पालेको बाख्रा चितुवाले खाएको जानकारी दिए ।

जंगली जनावरको आतंक फैलिए पनि नियन्त्रणका लागि सरोकारवाला निकायले कुनै चासो नदिएको जमुनाका दिपक गुरुङ बताउँछन् । ‘गाउँलेले चितुवाको बथान बथानै भेटेका छन्, एक्लै दोक्लै हिँड्डुल गर्न पनि समस्या भइसक्यो’, गुरुले भने, ‘चितुवाको आतंक नियन्त्रण गर्नसकैले ध्यान दिएको छैन ।’

डिभिजन वन कार्यालय इलामका प्रमुख इन्द्रमणि भण्डारीले जंगली जनावरले उत्तरी क्षेत्रमा मच्चाइरहेको आतंकको बारेमा जानकारी भए पनि नियन्त्रणको उपायबारे सोच्न नसकिएको बताए । ‘भालुभन्दा पनि चितुवाको आतंक होला जस्तो छ, यसको बासस्थान कता छ पनि टुंगाे छैन कसरी नियन्त्रण गर्ने हो उपाय लगाउन सकिएन’, डिभिजन वन अधिकृत भण्डारीले भने,‘जंगली जनावरको आतंक नियन्त्रण गर्न स्थानीय तह र प्रहरीसँग छलफल गर्छौं ।’डिभिजन वन अधिकृत भण्डारीले जंगली जनावरले गरेको पशु चौपायाको क्षतिपूर्तिका लागि सिफारिस गर्ने बताए । त्यसका लागि प्रहरीको प्रतिवेदन र स्थानीय तहको सिफारिस आवश्यक हुने भण्डारीले जानकारी दिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको