एमालेको झापा अधिवेशन

एमाले जिल्ला अधिवेशन : सम्भावीत अध्यक्ष कार्की भन्नुहुन्छ ‘पार्टिबाट बाटो बिराएकाहरुलाई फर्काउनु नै मेरो प्रमुख लक्ष्य हुने छ ।’( भिडियो सहित)

दमक/
नेकपा एमाले झापाको आगामी पुष २३ र २४ गते अधिवेशन हुँदै छ । बिर्तामोडमा हुने सो अधिबेसनको सम्पूणर् तयारी पुरा भइसकेको अधिवेशन मुल आयोजक समितीले जनाएको छ । अधिवेसनको मिती जति नजिकिदैछ , यसको नेतृत्व को हुने चर्चा पनि चुलीदै गएको छ । झापा पार्टि अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला भएकोले पनि यसलाई देशब्यापीनै निकै चासोका साथ हेरिएको छ ।

अव आउने नेतृत्वकालागि तत्कालै अवसर भन्दा पनि चुनौती बढि देखिएको छ । आसन्न निर्वाचन (स्थानीय, प्रदेश र प्रतिनिधीसभा)मा जिल्लाका १५ वटै पालिका, १० वटै प्रदेश निर्वाचन क्षेत्र र ५ वटै प्रतिनिधीसभाको निर्वाचन आफ्नै पार्टिको पक्षमा पार्नुपर्ने चुनौती तत्कालै आइलागी हाल्ने छ । यस्तै एमालेबाट चोईटिएर गएका नेता तथा कार्यकर्ताहरुलाई पनि आफ्नै घरमा फर्काएर झापामा एमाले एकै छ, चोइटिएको छैन भन्ने सन्देश पनि दिनु नै छ ।

यी सबै चुनौतीको सामना गर्न आफु तयार रहेको एमाले नेता तथा संविधानसभा सदस्य दिपक कार्कीले बताउनु भएको छ । उज्यालोसँगको संक्षीप्त कुराकानीमा उहाँले भन्नु भयो ‘ यदि जिल्लाको नेतृत्व मेरो काँधमा आयो भने आगामी सबै चुनाव आफ्नो पार्टिको पक्षमा पार्न नितिगत रुपमा अघि बढ्ने छु । योजना बनाएर सबै क्षेत्रका सबै इकाई कमिटीलाई सकृय बनाउने छु । बामबन्थी बिचारधारा भएका साथीहरुलाई गोलबद्ध पार्नु पनि मेरो उद्धेस्य हुने छ । ’ जिल्लाको नेतृत्व गर्न चाहने अन्य थुप्रै नेताहरुपनि भएकोले उहाँहरुलाई पार्टिको विभिन्न जिम्मेवारी दिएर अघि बढ्ने सहमती पनि भएको उहाँले सुनाउनु भयो ।

हेरौ उहाँसँग हिमशिखर टेलिभिजनको कार्यक्रम हिमशिखर टक सो मा गरिएको कुराकानीको भिडियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा