तस्करको तस्करी

झापामा अवैद्ध नदि उत्खनन्, प्रहरीले समात्यो ट्रयाक्टर

 

साउन १४/दमक, झापामा अवैध रुपमा नदीजन्य सामग्रीको उत्खनन् अझै रोकिएको छैन । सरकारले असार, साउन र भदौ गरी तीन महिना खोलाबाट खोलाजन्य सामग्री उत्खनन् नगर्न भनेर प्रतिबन्धनै लगाएको हुन्छ । तर झापामा भने प्रतिबन्धको समेत बेवास्ता गर्दै उत्खनन् रोकिएको छैन ।

 

यही क्रममा बालुवा लोड गरी बुधवारेतर्फ ल्याउँदै गरेको अवस्थामा दुई वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका-२ जयपुरस्थित तिरिङ खोलाबाट अवैध रुपमा नदीजन्य वस्तु बालुवा लोड गरी बुधवारेतर्फ ल्याउँदै गरेको अवस्थामा को २ त ५१८८ र प्र १-०१-००२ त ०११२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

 

ती साधनलाई आवश्यक कारबाहीको लागि बुद्धशान्ति गाउँपालिकामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।असारदेखि भदौसम्म नदीजन्य वस्तु उत्खनन गर्न रोक लगाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,